आईक्यानद्वारा चार्टर्ड एकान्टेन्सी परीक्षाको परीक्षाफल प्रकाशित, कसरी हेर्ने रिजल्ट ?



  • सिए सरोकार सम्बाददाता
काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)ले चार्टर्ड एकाउन्टेन्सी परीक्षाको प्रतिफल प्रकाशित गरेको छ । आईक्यानले चार्टर्ड एकाउन्टेन्सी परीक्षा, डिसेम्बर २०२४ को CAP-I, CAP-II र CAP-III तहको परीक्षाफल प्रकाशित गरेको हो ।

परीक्षाफल प्रकाशित भएकोबारे आईक्यानले सूचना नै सार्वजनिक गरेर जानकारी दिएको छ । आईक्यानका अनुसार परीक्षाफल नेपाल चार्टर्ड एकाउन्टेन्ट्स नियमावली, २०६१ को नियम १७ बमोजिम प्रकाशित गरिएको हो ।

यसपटकको परीक्षाको नतिजा अनुसार चार्टर्ड एकान्टेन्सी CAP-I तहमा उपस्थित एक हजार ३ सय ४८ विद्यार्थीहरुमध्ये ७ सय ९० जना उत्तीर्ण भएका छन् । त्यस्तै, CAP-II मा उपस्थित ३ हजार ६ सय ६१ परीक्षार्थीमध्ये दुवै समूहमा ३ सय १२ जना, पहिलो समूहमा १ सय ८८ जना र दोस्रो समूहमा ४ सय १७ परीक्षार्थीहरु उत्तीर्ण भएका छन् ।

त्यस्तै, CAP-III मा उपस्थित १ हजार ३ सय १६ जना परीक्षार्थीहरुमध्ये दुवै समूहमा १२ जना, पहिलो समूहमा ६१ जना र दोस्रो समूहमा १ सय ५ जना परीक्षार्थीहरु उत्तीर्ण भएका छन् । परीक्षार्थीहरुको नतिजा तथा आफ्नो प्राप्ताङ्क संस्थाको वेबसाइट www.ican.org.np मा हेर्न सकिनेछ ।