सिन्धु बिकास बैंकको सिईओमा चार्टर्ड एकाउन्टेन्ट देवकोटा नियुक्त



सिए सरोकार सम्बाददाता

काठमाडौँ । सिन्धु विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा सुरेश देवकोटा नियुक्त भएका छन् । बैंकको मङ्सिर २५ गते बसेको सञ्चालक समितिको बैठकले पुष १ गतेदेखि लागु हुने गरी देवकोटालाई नियुक्त गरेको हो ।

उनी यसअघि नबिल स्टक डिलरका सिइओ थिए । त्यसअघि उनी नबिल बैंकमा कार्यरत थिए ।

नबिलमा नेपाल बंगलादेश बैंक बिलय हुनुअघि उनी लामो समयदेखि नेपाल बंगलादेश बैंकमा कार्यरत थिए । नेपाल बंगलादेश बैंक अगाडि उनी नेपाल बैंकमा कार्यरत थिए ।

देवकोटा चार्टर्ड एकाउन्टेन्ट हुन् । उनले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाबाट सिए उतिर्ण गरेका हुन् ।