आर्टिकल ट्रेनीमाथि दुर्व्यवहार भएको भन्दै प्रहरीमा उजुरी दर्ता, विभिन्न सिए फर्ममा पेन डाउन, आरोपित पनि कानुनी उपचारमा !
काठमाडौँ । आफुलाई कार्यस्थलमा यौन दुर्व्यवहार भएको भन्दै प्रहरीको महिला सेलमा उजुरी दर्ता भएको छ । प्रहरीले सुरुमा प्रमाण नपुगेको भन्दै उजुरी गर्न नमाने पनि पिडित भनिएकी युवतीसँगै विभिन्न सिए र सिए फर्ममा कार्यरत कर्मचारीहरुको पहलमा सो उजुरी दर्ता भएको हो । प्रहरीले उजुरी दर्ता भएको पुष्टी गरेको छ ।
यद्यपी प्रहरीले यो केसमा पीडीत स्वयमले मुद्धा हाल्नुपर्ने वा आफुले अनुसन्धान गरेर अघि बढ्ने विषयमा आन्तरिक छलफल गरिरहेको बुझिएको छ । पीडीत भनिएकी महिला बालिग भएकोले उनले जिल्ला अदालतमा यो केस लिएर जानुपर्ने मत र यसमा प्रहरीले नै अनुसन्धान गर्दा पनि हुने मतका विषयमा छलफल भईरहेको बुझिएको छ ।
यता आर्टिकल ट्रेनीमाथि दुर्व्यवहार भएको भन्दै सिएहरुले पेन डाउन गरेर घटनाको निन्दा गरेका छन् । सिए फर्ममा मात्र होइन, जागिरमा आवद्ध सिएहरुले पनि पेन डाउन गरेका छन् ।
यता आरोपित सिएले पनि कानुनी उपचार रोजेका छन् । आफुले गर्दै नगरेको काममा आफ्नो चरित्र हत्या गरेको भन्दै उनले ४ जना विरुद्ध मुद्दा दायर गर्ने तयारी गरेको बताएका छन् ।
आरोपित व्यक्ति आइक्यानका पूर्वअध्यक्षसमेत हुन् ।
घटनाबारे थप अपडेट अर्को अंकमा
प्रतिकृया दिनुहोस्