हिमालयन डिस्टिलरीका सिइओ निरज सुवेदी सम्मानित


  • सिए सरोकार सम्बाददाता

काठमाडौँ । हिमालयन डिस्टिलरीका सिइओ निरज सुवेदी सम्मानित भएका छन् । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान)को वार्षिक साधारण सभामा सिइओ सुवेदी सम्मानित भएका हुन् ।


विभिन्न पब्लिक कम्पनीहरूमा प्रमुख कार्यकारी अधिकृत (सिईओ) एवम् अध्यक्ष बन्न सफल आफ्ना सदस्यहरुलाई सम्मान गर्दै एक्यानले विभिन्न संस्थाका कार्यकारी प्रमुख तथा अध्यक्षहरुलाई सम्मान गरेको हो । कार्यक्रममा संघका अध्यक्ष सिए. अरुण राउतले सुवेदीलाई सम्मान गरेका हुन् ।


सुवेदीसँगै खल्ती डिजिटल वालेटका सिइओ विनय खड्का, कुमारी बैंकका सिइओ रामचन्द्र खनाल, ज्योति बिकास बैंकका सिइओ कपिल ढकाल, नेपाल दूरसंचार प्राधिकरणका सिइओ भुपेन्द्र भण्डारी लगायतलाई पनि सम्मान गरिएको थियो ।