आईक्यानको कार्यकारी निर्देशकमा सिए सुरेन्द्र भुषण श्रेष्ठ नियुक्त

  • सिए सरोकार सम्बाददाता
काठमाडौँ । आईक्यानको कार्यकारी निर्देशकमा सिए सुरेन्द्र भुषण श्रेष्ठ नियुक्त भएका छन् । कार्तिक २५ गतेदेखि लागू हुने गरी श्रेष्ठलाई कार्यकारी निर्देशकमा नियुक्त गरिएको हो ।

उनलाई आगामी ४ वर्षका लागि नियुक्त गरिएको आईक्यानले जनाएको छ ।

यस अघि उनी साबिकको नेपाल बंगलादेश बैंकमा कार्यरत थिए । श्रेष्ठसँग बैंकिङ क्षेत्रमा लामो कार्य अनुभव छ ।

उनले आफ्नो कार्यकालमा अनुकरणीय भूमिका खेलेर आईक्यानलाई नयाँ उचाईमा पुर्याउने आईक्यानले अपेक्षा राखेको छ ।