आईक्यानका नवनियुक्त पार्सदहरुलाई एक्यानको बधाई, अनुराधासहितको विशेष कार्यक्रम सम्पन्न (फोटो-कथा)



  • सिए सरोकार सम्बाददाता 

काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान) ले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) का नवनियुक्त पार्सदलाई बधाई तथा नयाँ चार्टर्ड एकाउन्टेन्टहरुलाई स्वागत विशेष कार्यक्रम सम्पन्न गरेको छ ।

सोमबार मध्य बानेश्वरस्थित ग्लोबल कलेज अफ म्यानेजमेन्टमा एक्यानले उक्त कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा एक्यानले आईक्यानका नवनियुक्त अध्यक्ष, उपाध्यक्ष तथा सम्पूर्ण पार्सदलाई बधाई पत्र प्रदान गरेको थियो ।

त्यस्तै, कार्यक्रममा माइती नेपालकी संस्थापक अनुराधा कोइराला, सिए सुदर्शन चापागाइँ, सिए ओम सिला कार्की, सिए सन्दिप पौडेल र सिए सौरभ सुवेदीले नयाँ चार्टर्ड एकाउन्टेन्ट्सहरुबीच आफ्ना अनुभव बाँड्नुका साथै सिए क्षेत्रबारे आफ्ना धारणा राखेका थिए ।

कार्यक्रममा सहभागी चार्टर्ड एकाउन्टेन्ट्सहरुले पनि कार्यक्रम निकै फलदायी रहेको प्रतिक्रिया दिएका छन् । बाँकी फोटो फिचरमा हेर्नुहोस्: