एच.डी.एस.डी. एसोसिएट्सद्वारा कर्मचारी माग


  • सिए सरोकार सम्बाददाता
काठमाडौँ । एच.डी.एस.डी. एसोसिएट्सले कर्मचारी माग गरेको छ । एसोसिएट्सले असिस्टेन्ट मेनेजर/मेनेजर एक जना, चार्टर्ड एकाउनटेन्ट इन्टर्न चार जना र आर्टिकल ट्रेनी केहि संख्यामा माग गरेको हो ।

असिस्टेन्ट मेनेजर/मेनेजरका लागि कम्तिमा तीन वर्षको कार्य अनुभव भएको हुनुपर्ने फर्मले जनाएको छ भने भारत/नेपालका चार्टर्ड एकाउन्टेन्टको संस्थाबाट चार्टर्ड एकाउन्टेन्सी सम्पन्न गरेको हुनु पर्नेछ ।

त्यस्तै, चार्टर्ड एकाउनटेन्ट इन्टर्नका लागि भारतको चार्टर्ड एकाउन्टेन्टको संस्थाबाट चार्टर्ड एकाउन्टेन्सी सम्पन्न गरेको वा लेखा वा वित्तमा स्नातक डिग्री हासिल गरेको हुनुपर्नेछ ।

आर्टिकल ट्रेनीका लागि भने क्याप- II लेवल पूरा गरेको, कम्प्युटरमा तालिम प्राप्त गरेको, राम्रो मौखिक र लेखन सिप भएका लाई प्राथमिकता दिईने एच.डी.एस.डी. एसोसिएट्सले जनाएको छ ।

एसोसिएट्सले मागेको पदमा जागिर खान इच्छुक तथा योग्यता पुगेका व्यक्तिले info@hdsd.com.np मा सीभी पठाउन सक्नेछन् ।

यस्तो छ सुचना :