१११ तस्वीरमा हेर्नुहोस् आइक्यानको ‘बिपीए अवार्ड’ तथा सपथ ग्रहण कार्यक्रमका खास झलक (फोटो-कथा)

  • सिए सरोकार सम्बाददाता


काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले  सपथ ग्रहण तथा अवार्ड वितरण कार्यक्रम सम्पन्न गरेको छ । शनिबार काठमाडौँको नयाँ बानेश्वरस्थित एभरेष्ट होटलमा उक्त कार्यक्रम सम्पन्न गरिएको हो । अर्थमन्त्री विष्णु पौडेलले उद्‌घाटन गरेको उक्त कार्यक्रममा विभिन्न बैंक तथा वित्तीय संस्थालाई विभिन्न ५ विधामा बिपीए अवार्डसमेत प्रदान गरिएको थियो ।  

जसअन्तर्गत निजी बैङ्किङ क्षेत्रतर्फ नबिल बैंकलाई ’गोल्ड अवार्ड’, नेपाल एसबिआई बैंकलाई ‘सिल्भर अवार्ड’, सिद्धार्थ बैंकलाई ‘ब्रोन्ज अवार्ड’, माछापुच्छ्रे बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंकलाई ‘सर्टिफिकेट अफ मेरिट’ प्रदान गरिएको छ । त्यस्तै, वित्तीय सेवा क्षेत्रतर्फ मुक्तिनाथ विकास बैंकलाई गोल्ड, कामना सेवा विकास बैंकलाई सिल्भर, लुम्बिनी विकास बैंकलाई ब्रोन्ज अवार्ड प्रदान गरिएको छ । साथै, प्रभु क्यापिटल लिमिटेड, नेपाल क्लियरिङ हाउस, कर्जा सूचना केन्द्र र साइन रेसुङ्गा डेभलपमेन्ट बैंकलाई सर्टिफिकेट अफ मेरिटबाट पुरस्कृत गरिएको छ । 

उत्पादन क्षेत्रतर्फ हिमालयन डिस्ट्रिलरीलाई ‘गोल्ड अवार्ड’, बोटलर्स नेपाललाई ‘सिल्भर अवार्ड’, बोटलर्स नेपाल तराईलाई ‘ब्रोन्ज अवार्ड’ र युनिलिभर नेपाललाई ‘सर्टिफिकेट अफ मेरिट’ प्रदान गरिएको छ भने शक्ति र उर्जा क्षेत्रतर्फ बुटवल पावर कम्पनी र सेवा क्षेत्रतर्फ ओरियन्टल होटल्सलाई ‘गोल्ड अवार्ड’ प्रदान गरिएको छ । आइक्यानको शपथ ग्रहण तथा अवार्ड वितरण कार्यक्रम फोटो फिचरमा हेर्नुहोस्ः