आइक्यानका विद्यार्थीहरु आजबाट आन्दोलनमा



काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)का विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन् । विभिन्न माग राखी सिए विद्यार्थीहरु आन्दोलनमा उत्रिएका हुन् ।

विद्यार्थीहरुलाई परीक्षाको समयमा 'ग्याप' हुनेगरि परीक्षा तालिका सार्वजनिक गर्नुपर्ने, पाठ्यसामाग्रीहरु राम्रो प्रकाशन हुनुपर्ने, आर्टिकलशिपका समयमा पाउने स्टाइपेन्ड बढाउनुपर्ने लगायतका माग राखी विद्यार्थीहरु आन्दोलनमा उत्रिएका हुन् ।

लामो समयदेखि आफूहरू पीडित बनेको भन्दै विद्यार्थीहरु आन्दोलनमा होमिएको नेपाल चार्टर्ड एकाउन्टेन्ट्स विद्यार्थी संगठन (एनकासा)ले जनाएको छ ।

यता आइक्यानका काउन्सिल सदस्यहरु र आइक्यानको व्यवस्थापनले समेत विद्यार्थीहरुको आन्दोलन जानकारीमा आएको जनाएको छ ।