यस्तो देखियो सिए विद्यार्थीको आन्दोलन...(फोटो कथा)


  • सिए सरोकार सम्बाददाता
काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)का विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन् । विभिन्न माग राखी सिए विद्यार्थीहरु आन्दोलनमा उत्रिएका हुन् ।

विद्यार्थीहरुलाई परीक्षाको समयमा ‘ग्याप’ हुनेगरि परीक्षा तालिका सार्वजनिक गर्नुपर्ने, पाठ्यसामाग्रीहरु राम्रो प्रकाशन हुनुपर्ने, आर्टिकलशिपका समयमा पाउने स्टाइपेन्ड बढाउनुपर्ने लगायतका माग राखी विद्यार्थीहरु आन्दोलनमा उत्रिएका हुन् । विद्यार्थीहरुले  ‘हाम्रो आवाज हाम्रो पहिचान सिए बन्ने हाम्रो अभियान’,पाठ्यक्रम पुरानो विद्यार्थी हैरान अपडेट किताब हाम्रो अभियान र के विद्यार्थी खेलौना हुन् ? भन्दै नारा समेत लगाएका थिए । 

लामो समयदेखि आफूहरू पीडित बनेको भन्दै विद्यार्थीहरु आन्दोलनमा होमिएको नेपाल चार्टर्ड एकाउन्टेन्ट्स विद्यार्थी संगठन (एनकासा)ले जनाएको छ । बाँकी तस्बिरमा हेर्नुहोस्ः