एक्यानको चितवन च्याप्टरले यसरी मनायो आइक्यान डे !
- सिए सरोकार सम्बाददाता
चितवन । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान)को चितवन च्याप्टरले आइक्यान डे भव्यताका साथ मनाएको छ । एक्यान चितवन च्याप्टर कमिटिको आयोजनामा सिए विद्यार्थी, सिए सदस्यहरु, आरए सदस्यहरुको सहभागितामा विभिन्न प्लेकार्डसहितको प्रभातफेरी गरिएको थियो भने विभिन्न मनोरन्जनात्मक कार्यक्रमसमेत गरी भव्यताका साथ आइक्यान डे मनाइएको सिए विशाल भट्टराईले सिए सरोकारलाई जानकारी दिएका छन् ।
'एम्स सिए, हाकिमचोकबाट र्याली निकालेर चितवनको फुटसल चोकसम्म पुगइयो । त्यहाँ विभिन्न मनोरन्जनात्मक कार्यक्रम पनि गरियो । अन्तिममा केक काटेर हामीले आइक्यान डे मनायौं ।' सिए भट्टराईले भने, 'चितवनमा यसरी आइक्यान डे मनाइएको संभवत: यो पहिलोपटक हो ।
उनले चितवनमा सिएहरुको उपस्थिति बाक्लो भएकाले अव चितवनमा आइक्यानको शाखासमेत हुनुपर्ने च्याप्टरको माग रहेको बताएका छन् ।
प्रतिकृया दिनुहोस्