टास्क फोर्सको प्रतिवेदनमा सिए भरत रिजालको टिप्पणी, 'पात हरियो हुँदैमा वनमारा र तुलसीको मूल्य एउटै हुन्छ ?'
काठमाडौँ । आरएलाई सहज बाटोबाट सिए बनाउने प्रक्रिया सुरु भएपछी अहिले यस विषयले नेपाली सिए क्षेत्र ताटेको छ । यसैबीच खासै सार्वजनिक अभिव्यक्ति दिइनहाल्ने तर दिएपछि कडा दिने सिए भरत रिजाल यस विषयमा बोलेका छन् । उनले यस प्रकरणमा आफ्नो धारणा राख्दै यस्तो लेखेका छन् ।
मेरो पनि भन्नु छ:
सन्दर्भ: उही टास्क फोर्स, फर्जी भनिएको रिपोर्ट र भिनाजुको डिग्री
१. टास्क फोर्स रिपोर्ट: अझै दुई चार जना लाज छोप्ने र इमान नबेच्ने प्रतिनिधि बाँकी छन् र त हामी उफ्रिन पाएका छौं। नत्र बीस दिन पहिले यो एजेण्डा पास भइसक्थ्यो र थुकका आँसु लाउनु बाहेक अर्को विकल्प थिएन। सबै पार्षद एकनास छैनन् है ।
२. आफ्नाको उजुरी लुकाउने र पराईलाई कारबाही रफ्तारमा गर्ने थलोको रुपमा चिरपरिचित छ हाम्रो मन्दिर। अनुशासन कमिटीको छानबिन प्रक्रिया पारदर्शी गर्ने कार्यविधि दश वर्ष देखि यो या त्यो बहानामा अल्झिरहेको छ। आज पनि केही न केही बहानामा पास हुनेवाला छैन । त्यता तिर पनि ध्यान पुर्याउने की?
३. फर्जी भनिएको रिपोर्ट: बर्षमा ३६४ दिन सँगै बस्यो, घुम्यो, खायो, सम्बन्ध बनायो । ३६५औ दिनमा स्वार्थ मिलेन वा लोकलाजको कारणले ज. क. मुद्दा लगाए जस्तो-एक्यानको विज्ञप्ती।
४. भिनाजुको डिग्री: प्रोफेशनल डिग्री वालालाई सदस्य बन्न रोकेर यसैगरी Back Door Entry गर्ने प्लान करिब १२ वर्ष देखिको हो। हाम्रो विरोध सदैव रह्यो। हामीले बोल्दा भौतिक कारबाही बाहेक सबै हतकण्डा अपनाए -मालिक, बुख्याँचा र बुख्याँचा बन्न तयारी अवस्थामा बसेकाले / अहिले धेरैले कुरा बुझ्न थाले जस्तो छ - एकाघरका पार्षद र बुख्याँचा बनाउने बुटिका बारेमा ।
मालिकले बुख्याचालाई यस्तै यस्तै काममा घिसारी रहन्छ, गोप्य सहमति सार्वजनिक गर्ने नाममा । पात हरियो हुँदैमा वनमारा र तुलसीको मूल्य एउटै हुन्छ?
नेपाल/ इण्डिया, मुम्बई/दिल्ली, मद्रास/कलकत्ता भुलौ र एकबद्ध बनौं। अन्यथा न रहेगा बाँस, न बजेगी बाँसुरी।
प्रतिकृया दिनुहोस्