Skip to content

विद्या लक्ष्मी ढकालको कविता-‘सिए बन्ने बाटोमा हराएको जिन्दगी- २’

  • -विधा लक्ष्मी ढकाल

जिन्दगी !!
यो मेरो
जिन्दगी
सोचेको थिए एउटा
भइ दिए अर्को !!
आज यस्तो बनायो
न घाटको न घरको !!

!!२!!
कोहि दोषी छैन
गल्ति भए पक्रिन !!
अब समय छैन
बिगत तिर फर्किन !!
न आगाडी बढ्ने 
बाटो देखिन्छ !!
पछाडी फर्के सबै 
बिगत मेटिन्छ !!
यस्तो दोधार भयो
न जिउनु, न मर्नु !!
केहि थाहा छैन
अब के गर्नु !!

!!३!!
यो तनाबै तनाबको जिन्दगी
कहाँ पुग्छ पुग्छ !!
यहाँ सीए र ब्याचलरको परिक्षा
एकै दिन जुध्छ !!
खोइ
कुन छाड्ने, कुन रोजें
कस्तो दोधार भयो !!
यो जिन्दगी मेरो सधै
अलमलमै गयो !!

!!४!!
त्यी बाल्यकालका दिनमा
के-के सोच्थे मैले    !!
रंगिन टिभि जस्तै सपना
सझाउथे पहिले !!
सीए बन्ने यात्रामा  ठक्कर
खादा जहिले !!
ब्ल्याकेन वाहिट टिभी जस्तै
भई दियो अहिले !!

!!५!!
मेरै वोरिपरि मात्र
मान्छे कति कति !!
के-के भन्छन, के -के बोल्छन
आउने जाने जति !!
अनेक अनेक अर्ति दिन्छन
अनेक  अनेक कुरा !!
आउने जाने जो-कोहिले
घोच्छन दिलमा छुरा !!
कोहि  भन्छन,अब हेर
तिमि बिदेश  जाउ !!
कोहि भन्छन लोकसेवा पढी
सरकारी जागिर खाउ !!
खोइ, म त के गरु
कसको भर परु !!
यता जाउ कि
उता जाउ !!
हे प्रभु
तिमी नै बताउ  !!

प्रतिक्रिया दिनुहोस्

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।