Skip to content

दिलिप भुसालको कविता-‘हो, म सीए पढ्दै छु… !’

  • दिलिप भुसाल 

मेरो सपनाको संसारलाई यथार्थमा बदल्न
म भित्रको “म” लाई खुसि बनाउन
जिन्दगीका मेरा बाकि दिन सुखमय कटाउन
केहि बर्ष कठोर मेहनत र परिश्रम गरि
दिनरात नभनी मरि-मरि
म जिन्दगीको ठुलो पहाड चढ्दै छु
हो, म सीए पढ्दै छु !!
हो, म सीए बन्दै छु !!

“हिड्ने मान्छे लड्छ” सबैलाई थाहा छ
कतै अप्ठारो बाटोमा म चिप्लिए होला
कहिँ कतै बाटो बिर्सिइ अलमलिए  होला
म थाकेको छैन- म झुकेको छैन
यो दुनिया मलाइ के के भन्छ भन्छ
यी सबैलाई एक दिन देखाउन मन छ
म जिन्दगीको ठुलो मिसन लड्दै छु
हो, म सीए पढ्दै छु !!
हो, म सीए बन्दै छु !!

आफ्नो सन्तान कहिले सीए बन्ला भनि-भनि
बा-आमा बस्छन घरमा औला भाचेर
जिन्दगीका अनगिन्ती सपना साचेर
आमालाइ छड्के तिलौरी अनि साडी किनिदिने
बाबालाइ नया जुत्ता अनि आस्कोट फेरिदिने
बा-आमा, अब प्रतिछा मात्र केहि बर्षको
बग्नेछन् हजुरका आखामा आसु हर्सको
म कहिले पछि नफर्कने गरि अघि बढ्दै छु
हो, म सीए पढ्दै छु !!
हो, म सीए बन्दै छु !!

अभाबै अभावको जिन्दगीलाई तिलान्जली दिन
गाउ-घरमा नया बिहानी बनेर आउनेछु 
आशाका लाखौ  किरणहरु जगाउनेछु
आफु, परिवार अनि देशको लागि
भगवानसग ठुलो बरदान मागी
म जिन्दगीको ठुलो खोली तरदै छु
हो, म सीए पढ्दै छु !!
हो, म सीए बन्दै छु !!

प्रतिक्रिया दिनुहोस्

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।