Skip to content

सिए कन्फेरेन्स २०७५ को तयारी तीब्र, नेपालका पहिलो सिएको सन्देश, ‘प्रोफेसनल इन्टिग्रीटी नछोड्नु’ (भिडियोसहित)

काठमाडौँ- नेपाल चार्टड एकाउन्टेन्ट्स संघ (एक्यान) माघ ७ गते सोमबार अन्तराष्ट्रिय स्तरको कन्फेरेन्स गर्ने भएको छ । संघको ३२ औं कार्यसमितिको कार्ययोजना अनुसार माघ ७ गते याक एण्ड यतिमा उक्त कार्यक्रम हुन लागेको हो । नेपालका ठूला व्यवसायी, राजनितिक व्यक्तित्वलगायतको समेत ठूलो उपस्थिति हुने उक्त कन्फेरेन्समा ‘राज्यमा चार्टड एकाउन्टेन्टको भूमिका’को गहिरो समिक्षा हुने, विभिन्न कम्पनीहरुको प्रमुख पदहरुमा सिए हुनुपर्ने माग व्यवसायी स्तरमै गर्ने र उनीहरुलाई यसबारे बुझाउने, कर प्रशासनमा सिएहरुको सहभागीता बढाउने बारे कर प्रशासकहरुसँग नै गहिरो कुराकानी गर्नेगरी तयारी भइरहेको छ । 
यसैबीच संघका पहिलो अध्यक्षसमेत रहेका नेपालका पहिलो सिए कुबेर शर्माले कन्फेरेन्सको सफलताको शुभकामना दिएका छन् । सिए सरोकारले तयार गरेको एक भिडियो सन्देशमा उनले नयाँ सिएहरुलाई  ‘प्रोफेसनल इन्टिग्रीटी’ नछोड्नसमेत सुझाव दिएका छन् । हेरौं उनको भिडियो सन्देश :

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।