Skip to content

EXCLUSIVE: बुटवलबाट यसरी गएछ पोष्टल भोट ! गुटको मान राख्न आफुले भनेको ठाउँमा भोट हाल्न नपाएपछि डिटेल भयो ‘लिक’ !

  • सिए सरोकार सम्बाददाता 
बुटवल- आइक्यानको काउन्सिल चुनावमा बुटवलबाट १५ जनाले सल्लाह नै गरेर भोट हालेको खबर प्राप्त भएको छ । कुल मत मध्ये ६ भोट विष्णु भण्डारीलाई ५ भोट विद्यावारिधि सिग्देल, २ भोट अच्युतराज जोशीलाइ १ भोट सुजन काफ्ले र एक भोट महेश ढकाललाई हालेको जनाकारी एक मतदाताले सिए सरोकारलाई खबर पठाएका छन् । 
‘आफ्नो ग्रुपको मान राख्न पनि आफुले भनेको ठाउँमा भोट हाल्न पाइएन । सबैले यसरी नै हालौं भने, यसरी नै हालियो ।’ आफ्नो नाम नबताउने सर्तमा एक सिएले सिए सरोकारसँग भने ।यद्यपी चुनावको केहि दिनअघिसम्म पोष्टल भोट खारेज गरेर सिधा भोट हाल्न पाउने व्यवस्था पनि छ । पहिलोमात्र होइन दोश्रो र तेश्रो भोटसम्म पनि बुटवलका सिएले मिलेर हालेको खबर प्राप्त भएको छ ।  

प्रतिक्रिया दिनुहोस्