
- सुरज प्याकुरेल / सिए सरोकार डटकम
काठमाडौँ- नेपाल टेलिभिजनमा प्रशारण हुने टेलिसिरियल ‘मेरी बास्सै’मा एउटा पात्र आउंथ्यो, ‘धुर्मुस’ । जव हो कि हो कि जस्तो पनि हुने, होइन कि जस्तो पनि हुने, यता बनायो, उता बिग्रने, उता बनायो यता बिग्रने, एउटाले एउटा कुरा सुनाउने, अर्कोले अर्को कुरा सुनाउने, एउटाले एक खालको आश्वासन दिने अर्कोले अर्कोथरी कुरा गर्ने, भएर सार्है कन्फ्युजन भएका बेला उसले एउटा थेगो बोल्थ्यो, ‘खै के खै के प्लित’ ! अहिले आशन्न आइक्यानको चुनावमा सिए विष्णु भण्डारीको चुनावी पोजिसन पनि त्यस्तै भएको छ ।
‘हार्छन् भनौं रिजालका क्यान्डीडेट, जित्छन् भनौं खै के खै के !’
प्रकाश लम्सालले आइक्यानको राजनीतिमा ‘लम्सालबाद’ लाद्न खोजेपछि आइक्यानको राजनीतिमा प्रकाश लम्साल र भरत रिजालका समर्थकमात्र होइन, स्पष्ट गुटपनि छन् । हुन त कोहि भन्दा कोहि कम छैनन् यी दुईमा । प्रकाश लम्साल म पनि अवको सुबोध कर्ण हुँ भन्दै हिंडेका बेला भरत रिजालले पनि आफुलाई कम आँक्ने कुरै भएन । यसैले उनले यसपालीको चुनावमा आफ्ना दुई ‘क्यान्डीडेट’ उठाईदिए । सबैलाई थाहा छ, गत चुनावमा भवनाथ दाहाल, भरत रिजाल, सुनील ज्याकीबन्जा तीनै क्यान्डीडेट एउटै प्यानलका थिए । पछि सुनील जाकिबन्जाले रिजाललाई ढोका दिएर लम्सालतिर लागे ।
रिजालको सबै आफ्नै क्यान्डीडेटलाई लैजाने प्रयास तावा असफल भयो जव उनकै क्यान्डीडेट भएकै हल्लाका कारण महेश गोदारले चुनाव हारे भने उनको भोट पनि कम आयो । बाहिर नदेखिएजस्तो गरी हिंडेका रिजाल पहिलाजस्तो चुनावमा नलागेपनि आफ्ना यी दुई ‘क्यान्डीडेट’का लागि राम्रै लागेका छन् । सिंगै बजार आफुविरुद्ध उल्टीदासमेत आफ्नो कुरामा दृढ भएका रिजालसँग राम्रो भोट बैंक छ भन्ने कुरामा शंका पनि छैन । उनका दुई क्यान्डीडेट अच्यूत राज जोशी र विष्णु भण्डारीमध्ये जोशीलाई चुनाव जित्न केहि सहज छ । गाह्रो भएका भण्डारीलाइ जसरी पनि जिताउन भन्दै रिजाल लागेका छन् । यसो त भण्डारीको जित र हारको विषय रिजालको इज्जतसँग पनि जोडिएको छ । भण्डारीका आफ्नै पार्टनरसमेत हुन् रिजाल । त्यसैले बिष्णुभण्डारीले ९ वा १० मै भएपनि चुनाव जित्छन् भन्ने अड्कल काट्नेहरु धेरै छन् ।
तर पछिल्लो अपडेट हेर्दा भरत रिजालले भनेको मान्नेहरुपनि जोशीतर्फ बढी सकारात्मक भएको र भण्डारीप्रति किन किन नजिक हुन नखोजेको जस्तो देखिन्छ । यसै पनि भण्डारीले धेरैलाइ भोट माग्न अझै भ्याएका छैनन्। उनी विरुद्ध दुई ठुला सिएहरु राम्रैसँग लागेका छन् ।उनीविरुद्ध भन्दापनि भरत रिजालको उम्मेदवार हार्नुपर्छ भन्ने तर्क छ ती सिए फर्महरुको । यो बीचमा उनलाई चुनाव जित्न सजिलो पनि छैन । लामो समय उनी कर्पोरेट क्षेत्रमा काम गरे । त्यहि भएका कारण उनी र भोटरबीचको स्वाभाविक दुरी पनि छ । यो कारणले उनको चुनावी पोजिसन यत्तिकै भन्न सकिने स्थितिमा छैन । हुन त उनले जिते पनि ९ र १० मध्ये एउटा हो । ९ भन्दा तल आएर उनले जित्ने सम्भावना निकै कम छ ।
चुनावको तयारीबारे के भन्छन् विष्णु भण्डारी ?
यस्ता विष्णु भण्डारी भने आफुले चुनावको तयारी गरिरहेको र सबैको साथ पाए आफुले चुनाव जित्ने दावी गर्छन् ।’लागिएकै छ क्यार ! अव सबैको साथ र सहयोग पाए जित्नुपर्ने हो ।’ सिए सरोकार डटकमसँग कुराकानी गर्दै उनले भने । उनले लाष्ट आवर भएकाले आफुले मेहेनतपनि गरिरहेको बताए । ‘अव लाष्ट आवर छ । लाग्नुपर्ने ठाउँमा लागिएकै पनि छ ! हेरौं अव सबैको साथ र सहयोग पाए रिजल्ट राम्रै आउला ।’ उनले भने ।
प्रतिक्रिया दिनुहोस्