लेखा प्राविधिज्ञ संघद्वारा नव निर्वाचित काउन्सिल सदस्यहरुलाई बधाई तथा शुभकामना व्यक्त !

काठमाडौँ - नेपालमा रहेका लेखा प्राविधिज्ञहरुको संघ अटानले आइक्यानको आठौँ परिषदमा निर्वाचित भएका काउन्सिल सदस्यहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ । संघले आइक्यानमा काउन्सिलको निर्वाचनको अन्तिम नतिजा आउने बितिकै यसरी शुभकामना व्यक्त गरेको हो ।

मध्यमस्तरीय लेखापरीक्षकहरु उत्पादन गर्ने उदेश्यले आइक्यानले लेखा प्राविधिज्ञहरुको उत्पादन गरिरहेको छ भने अटानले नेपालमा रहेका लेखा प्राविधिज्ञहरुको हक, हित, संरक्षण र सम्बर्द्धनका लागि काम गरिरहेको छ ।