Skip to content

आइक्यानसँग नबिल बैंकको सहकार्य, अव सदस्यता शुल्क अनलाइनमार्फत नै तिर्न सकिने !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान) र नबिल बैंकबीच ‘इलोक्ट्रोनिक पेमेन्ट गेटवे (इपीजी) एग्रीमेन्टमा हस्ताक्षर भएको छ । यो सम्झौतासँगै अव आइक्यानका सदस्यहरुले आइक्यान नै गएर पैसा बुझाउने झन्झटबाट मुक्त हुने भएका छन् । उनीहरुले सदस्यता वा सर्टिफिकेट अफ प्राक्टिस (सीओपी) नवीकरण गर्न लाग्ने शुल्क अव नबिल बैंकको इपीजी सेवाबाटै तिर्न सक्ने भएका छन् ।
गत जुन २० तारिखमा आइक्यान र नबिल बैंकबीच यस्तो सम्झौता भएको हो । आइक्यानका तर्फबाट आइक्यानका कार्यकारी निर्देशक संजय कुमार सिन्हा र नबिल बैंकका तर्फबाट सनत पौडेलले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । हस्ताक्षर कार्यक्रममा आइक्यानका अध्यक्ष प्रकाश जंग थापा, उपाध्यक्ष जगन्नाथ उपाध्याय र नबिल बैंकका सीइओ अनिल शाहपनि उपस्थित थिए ।
साथै आइक्यानले विद्यार्थीका लागि पनि यो सुविधा छिट्टै लयाउने बताएको छ । साथै नबिल बैंकले कार्ड स्वापिङ मेसिनसमेत आइक्यानमा राख्नेगरी सम्झौता भएको जानकारी आइक्यानले दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।