Skip to content

काउन्सिलको चुनावी युद्धमा जिते ‘युद्ध’ले ! युद्ध राज ओली आइक्यानको काउन्सिल सदस्यमा निर्वाचित !

  • सिए सरोकार सम्बाददाता 

काठमाडौँ – कहिले पार्टनरसँगको युद्ध त कहिले आइक्यानसँगकै युद्ध । पछिल्लो समय अलि बढी नै युद्धमा फसेका युद्ध राज ओली अन्तत काउन्सिलको चुनावी युद्धमा समेत सफल भएका छन् । शुक्रबार भएको निर्वाचनमा उनी काउन्सिल सदस्यमा निर्वाचित भएका छन् ।
बिगत लामो समयदेखि प्राक्टिसमा रहेका ओली सिमा एकेडेमिक्स नामको सिए कोचिङ सेन्टरमा समेत आबद्ध छन् । बिगत लामो समयदेखि पदको दुरुपयोग गरेर उनका भूपू पार्टनरले उनलाई दुख दिइरहेको खबर चर्चामा आएका बेला उनको यो जीतलाई महत्वपूर्ण रुपमा हेरिएको छ ।      
अझ खास कुरा त के छ भने युद्धलाई कुनै पनि हालतमा हराउँछु भनेर लागि परेका उनका भूपू पार्टनरले आफ्नै क्यान्डीडेटलाई चाहिं जिताउन सकेनन् । 

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।