Skip to content

चार्टड एकाउन्टेन्ट टिएन आचार्य दूरसंचार प्राधिकरणको सदस्यमा नियुक्त

  • सिए सरोकार सम्बाददाता 
काठमाडौँ – पूर्व काउन्सिल सदस्य समेत रहेका टेकनाथ आचार्य (टिएन आचार्य) दूरसंचार प्राधिकरणको  सदस्यमा नियुक्त भएका छन् । सूचना तथा संचार मन्त्रालयले गरेको सिफारिसको आधारमा रिक्त दुइ सदस्यको पदमा उनी नियुक्त भएका हुन्।
लेखा तथा लेखापरीक्षण समूहतर्फ टेकनाथ आचार्यलाई नियुक्त गरिएको हो । उक्त पदका लागि जनक कुमार बराल, टेकनाथ आचार्य, बिजयरत्न स्थापित, भिम बहादुर चन्द, राजेन्द्र प्रसाद तिम्सिना, सुनिल जाकीबन्जा र डा. हेमराज भण्डारीले आवेदन दिएका थिए । दूरसंचार प्राधिकरणका सदस्य हुनका लागि सम्बन्धित क्षेत्रमा ७ वर्ष अनुभव तोकिएको थियो ।

(यसअघि दुरसंचार प्राधिकरण हुनुपर्नेमा अन्यथा भएकोमा सच्याईएको छ .-सम्पादक)

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।