चार्टर्ड एकाउन्टेन्ट रोशनकुमार न्यौपाने एनआईसी एसिया बैंकको सहायक सीइओ पदमा नियुक्त
- सिए सरोकार सम्बाददाता
काठमाडौँ - चार्टर्ड एकाउन्टेन्ट रोशनकुमार न्यौपाने एनआईसी एसिया बैंकको सहायक सीइओ पदमा नियुक्त भएका छन् । बैंक संचालक समितिले रोशनकुमार न्यौपाने र सुधिर पाण्डेलाई सहायक सीईओमा नियुक्त गरेको हो ।
१० वर्षअधि आन्तरीक लेखा परीक्षण विभागको विभागीय प्रमुखको रुपमा तत्कालिन बैंक अफ एशिया बैंकिङ सेवामा प्रवेश गरेका न्यौपाने अन्तत: एनआईसी एसिया बैंकको साहायक सीइओ पदमा नियुक्त भएका हुन् । नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान)बाट सिए उतिर्ण गरेका न्यौपाने एक कुशल व्यवस्थापकको रुपमा परिचित छन् ।
प्रतिकृया दिनुहोस्