Skip to content

अन्तत: आइक्यान र आइसीएइडब्लुको एमआरएको मिति तय

  • सिए सरोकार सम्बाददाता 

काठमाडौँ – सीए नरेन्द्र भट्टराइको ठुलो प्रयासमा सुरु गरिएको एमआरए प्रक्रिया अन्तत सफल हुने भएको छ ।प्रकाश लम्सालको पालामा नै सम्पूर्ण प्रक्रिया पूरा भएपनि कसको पालामा हस्ताक्षर गर्ने भन्ने विवादले अड्किएको आईक्यान र आइसीएइडब्लु एमआरएमा अन्तत हस्ताक्षर हुने भएको छ । हस्ताक्षर हुने मिति भने तय भइसकेको र आउँदो काउन्सिल बैठकले पारित गरेपछि सार्वजनिक गरिने बताइएको छ । 
आइक्यानबाट उतिर्ण भइ कम्तिमा २ बर्ष लेखापरिक्षण कार्यमा संग्लग्न भएको भएकाहरुले आइसीएइडब्लुको सदाशयताका लागि आवेदन दिन सक्नेछन। 
आइसिएइडब्लु विश्वभर सबैभन्दा बढी सदश्यहरु भएको सिए इन्स्टिच्युट हो ।
सम्झौताका लागि सबै काम सकिएको भएपनि हालका अध्यक्ष महेश खनालले आफ्नो पालामा सम्झौता गर्न प्रकाश लम्साललाइ बिन्ति गरेपछि यो प्रक्रिया ढिलो भएको थियो ।
  

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।