Skip to content

आइक्यानको अनियमितता प्रकरण: छानविन गरी पाउँ भनी सार्वजनिक खरिद अनुगमन कार्यालयमा पनि उजुरी

https://casarokar.com/wp-content/uploads/2016/05/1UJ9O17WJ9SU8M609Q5007I156L205UY305L5271208YK0S00609G0GVHP-2.jpgआइक्यानका अध्यक्ष प्रकाश लम्शालको ठाडो निर्देशनमा आइक्यानमा भएको भनिएको अनियमितताबारे छानविन गरी पाउँ भनी सार्वजनिक खरिद अनुगमन कार्यालयमा उजुरी परेको छ । उक्त उजुरीको बोधार्थ आज आइक्यानमा आइपुगेको हो ।
स्रोतका अनुसार उक्त उजुरी प्राइम मल्टिपल एजुकेसन फाउन्डेसनले हालेको हो । आइक्यानले सार्वजनिक खरिद ऐन विपरित काम गरेको, सम्झौता गर्न बोलाएर अन्यत्रै विद्यार्थी पठाएको, लगायतका विभिन्न कागजातसहित कार्यालयमा उजुरी गरेको हो । 
केहि दिनअघि कार्यालयमा परेको उजुरीको बोधार्थ आज आइक्यान आइपुगेको हो । सार्वजनिक खरिद अनुगमन कार्यालयमा उजुरी परेसँगै यो विषयले पुन: एकपटक बजार तताएको छ । यसअघि आइक्यानमा सार्वजनिक खरिद ऐन विपरित काम भएको भन्दै त्यसको अनुसन्धान गरी पाउँ भनी अख्तियार दुरुपयोग अनुसन्धानमा समेत उजुरी परेको थियो । 
यस बिषयमा अख्तियारले अनुसन्धान गरीरहेको बुझिएको छ ।        

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।