Skip to content

आइक्यानका विद्यार्थीको पीडा, ‘उतिर्ण भएको ९ महिना वितिसक्दा पनि सदस्यता दिइएन’

आइक्यान अन्तर्गत क्याप थ्री उतिर्ण गरी जीएमसीएस तालिम, सुचना प्रविधि तालिम लगायत सबै प्रक्रिया पूरा भइसकेपछी पनि सदस्यता दिन आनाकानी गरिएको छ ।  ‘के कारणले सदस्यता दिइएको छैन भन्ने कुरा पनि थाहा छैन । यसको जवाफ न आइक्यानका कर्मचारीसँग छ न आइक्यानका अन्य जिम्मेवार पधाधिकारीहरुसँग ।’ एक विद्यार्थीले सिए सरोकारलाई सुनाए ।   
यता विद्यार्थीहरुले भने आइक्यानले सदस्यता नदिंदा उतिर्ण भएको ९ महिना वितिसक्दा पनि आफुहरुले केहि गर्न नपाएको गुनासो पोखेका छन् । ‘अव सदस्यता नै छैन के गर्ने भनेर अगाडी बढौं ?’ अर्का एक सिए विद्यार्थीले सिए सरोकारसँग गुनासो पोखे ।  उनी भन्छन्, ‘ आइक्यानमा त यस्तै हो भने नियमित उतिर्ण हुँदा पनि ७ बर्ष लाग्ने भयो।  आइक्यानले विद्यार्थीका समस्या कहिले पनि बुझेन । ‘
आइक्यानमा विद्यार्थीले कहिले नभोगेको यसखाले समस्या भोग्नु परेको बताएका छन्।  विद्यार्थी भन्छन्, ‘यस्तो त कहिले भएको थाहा थिएन ।  यसपाली हाम्रै पालामा भयो ।’ आइक्यान आफ्ना सरोकारवालाहरु, विद्यार्थी तथा सदस्यका पक्षमा काम गर्न आनाकानी गरिरहेको समेत उनीहरुले आरोप लगाएका छन्।  यस अघि पनि जीएमसीएस तालिम  र सुचना प्रविधि तालिम समयमा नगरेर आइक्यानले विद्यार्थीहरुलाई दुख दिएको थियो।     

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।