Skip to content

प्रीतिका तीन शब्दहरु, सिए बिद्यार्थी कन्हाइ राउतको कविता !

प्रीतिका यी तीन शब्दहरु मैले पोख्न सकिन 
माया गर्थे उनलाई तर कहिले भन्न सकिन ! 
जीवनका सारा दुःख पीड़ा भुलि 
उनिमा नै हराइ सकेको थे , 
उनलाई आफ्नो बनाउन सोचि सकेको थे , 
तर मनका कुराहरु 
उनको सामु कहिले भन्न सकिन !
माया गर्थे उनलाई तर कहिले भन्न सकिन !! 

ईश्वरसंग उनलाई मागी सकेको थे ,
जीवन साथी बनाउन सोची सकेको थे ,
मन्दिर मस्जिद पुगि सकेको थे ,
देवी देउतालाई भाकी सकेको थे , 
आँखाको नानीमा राखी सकेको थे ,
मुटुको ढुक-ढुकीमा बसाई सकेको थे ,
मन मनमै उनलाई 
आफ्नो बेहुली ठानी सकेको थे , 
तर यी कुराहरु उनलाई भन्न सकिन !

माया गर्थे उनलाई तर कहिले भन्न सकिन !
माया गर्थे उनलाई तर कहिले भन्न सकिन !

कन्हाइ राउत

  हाल नयाँ दिल्ली 

प्रतिक्रिया दिनुहोस्

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।