Skip to content

भारतको अघोषित नाकाबन्दीको जड र नुनको सोझो, सीए विद्यार्थी खगेन्द्र पराजुली(विश्वास)को लेख


जसरी  हाम्रो सगरमाथा जुगौं देखि अटल र अचल देखिन्छ, हाम्रो डाँफे निस्चिन्त घुमिरहन्छ, लालिगुराँस निसंकोच फुलिरहन्छ र हामि भन्छौं यो त हाम्रो गौरभ हो तर हामी मानब चाँहि नत कहिले अटल र अचल बन्न कोशिश नै गर्यौं नत अटल नै रहन सक्यौं।


 हुनत हाम्रो ईतिहाँस त्यति साघारण र सजिलो भने पक्कै छैन, हामी कैले निरंकुश राँणा शासनको थिचोमिचोमा परेर सताब्धि गुजार्यौं त कैले पन्चायति ब्यबस्थाको दबाबमा आफ्ना आवाजहरु कुन्ठित भएर बिलाए। हो हामीले ढिलो चाँडो स्वतन्त्र आवाजहरु उठाउँदै अनि प्रजातन्त्रको आगो सल्काउँदै गर्दा कैयौं पटक वर्षातहरु आइरहे जमिन चिस्याइरहे। 


 तरपनि हामी हार खाएनौं, निरन्तर आगोको राप बढाउँदै लग्यौं। समयको बदलाब भनौं या हाम्रो सभ्यताको निरन्तर बिकासको कारण हो, पटक पटक हामिलाई किस्तामा ऋण दिए जस्तै अधिकार दिइयो जस्को साँबा ब्याज तिर्न हामीलाई पटक पटक सडक, सदन र अन्य तरिकाबाट पनि निरन्तर कष्ट भोग्नु पर्यो।
हुनत हाम्रो ईतिहाँस रगतले पोतिएन कि, फुलले सजियन कि, सबै भयो। संसारलाई ब्यापारिकरण गर्दै कम्पनिको नाममा गाउँहरु, सहरहरु, टापुहरु हुँदै देशहरू कब्जा गर्दै पश्चिमा शक्तिहरू हामीसम्म आईपुगेकै हुन। सियो बनेर छिर्ने फालि बनेर निस्कने प्रकृतिका र रबर जस्तै तन्किन र खुम्चन सक्ने गुँण भएका ती शक्तिहरू हामीलाई पनि खुम्चाउँदै अगाडि नबढेका होइनन।

हो हम्रो देशका स्वारेद्वारेहरु उनिहरुसँग के कस्तो लेनदेन गरेका थिए या आफ्नो अस्तित्व जोगाउन कतै लिएर कतै दिएर भएपनि आफ्नो अस्तित्व बचाउन हरदम कोसिस गरेको धरै प्रमाणहरु भेटाउन सकिन्छ।

हो हाम्रा पुर्बजहरु घरेलु हतियारको भरमा पनि ती आधुनिक हात हतियारले सुसज्जित सैनिकहरुसँग ज्यानको बाजि लगायर लडेको ईतिहाँस छ। जहाँ कुनै ब्यक्तिगत स्वार्थभन्दा राष्ट्रप्रेम र बिरता झल्किन्छ। हामीले आफु खुम्चेर भएपनि कसैको उपनिबेस बनेनौं, कतिपय हाम्रा नेपालीभाषि हामीबाट चुँडेर लगियो, कतिपय हाम्रा प्रिय अँग खोशिय तर हामी  आफ्नो प्राण बचाउन सक्यौं।

बिस्तारै हाम्रा घाउहरु पुरिँदै गए। अन्तत हामी  कसैको गुलाम नभई संसारको राजनैतिक परिदृष्य परिबर्तन हुँदै गयो। हामीले छाति फुल्ल्यायौं, हामी भर्खर छोडिएको साँढे जस्तै उफ्रियौँ तर कहिल्यै अरुलाई दुख दिएनौं, हुनत हामी सानो थियौं तर आफुलाई स्वाभिनमानि र निडर ठान्यौं। हाम्रा छिमेकि अजंङका थिए तर एउटा सानो माउतेलेे अजंङको हात्तिलाई बसमा लियजस्तै अनि भरखर माउतेले उसलाइ स्वतन्त्र गरे जस्तै देखिन्थे।

हामी साना थियौं हाम्रा छिमेकि ठुला ठुला। हाम्रो देश कृषिप्रधान देश तर हामी परनिर्भर, आफ्नो देशमा उत्पादन हुन नसक्ने बस्तु अन्य देशबाट आयात गर्नु त संसारले अंगाल्ने निति हो जसमा मुख्य भनेको पेट्रोलियम पदार्थ हो जुन हामीकहाँ उत्खनन हुन सकेको थिएन यध्यपि बिभिन्न खनिज र ग्याँसहरु हामीकहाँ रहेको कुरा बिभिन्न अध्ययनले देखाएका छन।

यस्ता बस्तुहरु बनाउन नसक्ने वा उत्खनन र प्रसोधन गर्न नसक्ने अवस्थामा अन्य देशबाट अायात गर्नु अस्वभाबिक भने होइन तर यस्ता बस्तुको आयात गर्दा एउटा भुपरिबेष्ठित देशले पाउने अधिकार स्थापित भैसकेको अबस्थामा पनि हामी त्यो उपयोग गर्न सकेनौं। कारण हाम्रो राजनिति कस्तो हुँदै गयो भने राम्रो मान्छे हाम्रो मान्छे होइन हाम्रो मान्छे राम्रो मान्छे ठान्ने संस्कारको बिकास हुँदै गयो।

कहाँ के काम गर्दा कति कुम्ल्याउन सकिन्छ भन्ने सोँचको बिकास तिब्र गतिमा हुँदै गयो। संसार आर्थिक उन्नति तर्फ लम्किंदै गर्दा हामी आन्तरिक कलहमा झोसिंदै गयौं। हामी आपसमा बिबाद गरिरहँदा हाम्रा छिमेकिका गिद्दे दृष्टि हाम्रा प्राकृतिक स्रोतमाथि पर्दै गए। जसको कारण दिन दुगुना रात चौगुना उनिहरु सक्रिय हुन थाले, हाम्रो हरेक कृयाकलापमा सालिन छिमेकिको खोल ओढेेर सकृय हुदैं गए। हाम्रो दुर्भाग्य भनौं कि हाम्रा नेताहरुको कुकृत्य भनौं बिस्तारै हाम्रा नेताहरु ति ब्वाँसाहरुको जालमा फस्दै गए, दिनानुदिन बेचिंदै गए। हुँदाहुँदा हामी दैनिक कामकाजका बिषयमा पनि उनिहरुको मुख ताक्न थाल्यौं।

हामीसँग भएका स्रोत साधनको पनि उपयोग गर्ने चेष्टा गरेनौं। तिमि जे भन्छौ त्यहि गर्न तयार छु मैले मिहिनत गर्न नपरोस अनि मेरो र मेरो आसेपासेको पोल्टासम्म भरियोस भन्ने निच सोँच हाम्रो राजनितिक तहमा हाबि हुँदै गयौ। जसको कारण हाम्रो पुरा शरिरमाथि खेल्न ति गिद्दहरुलाई सजिलो भयो।

अन्तत हामी पुरापुर परनिर्भर बन्यौं। अब त हाम्रो सरकार बनाउने देखि संबिधान बनाउने कुरा सम्ममा उनकै आशिर्बाद चाहिने अबस्था आयो। यता हामी चुक्दै गयौं उता उनिहरु हाम्रो देशलाई २१औं सताब्धिको नयाँ तरिका अनुसार एक देशले अर्को देशमा कब्जा जमाउँने रणनिति शुरु भयो जसमा कमजोर र सानो देशलाई परनिर्भर बनाउँदै लग्ने र अन्त्यमा आफुबिना बाँच्न नसक्ने बनाउने।

यहाँसम्म आईपुग्दा उनिहरु बिस्वका सक्तिउन्मुख राष्ट्र कहलिइसकेका थिए। यसो भन्दै गर्दा हाम्रो ब्यपारिक सम्बन्ध अरु कोईसँग हुँदै नभएको भने होईन किनकि संसार बिस्वब्यापिकरणको दिशामा कोशौं अगाडि बढिसकेको अवस्था र नेपाल पनि बिस्वब्यपार संगठनको सदस्य भैसकेको स्थिति हो। तर हाम्रो कुल आयातको ८०% भन्दा बढि हामी हाम्रो नजिकको त्यहि गिद्दे छिमेकिसँग कायम रह्यो।

जुन उसको रणनिति र दिर्घकालिन योजनाको पाटो हो। हामी यतिसम्म निरिह बन्यौं कि बंगलादेशमा बन्ने आौषधि पनि भारतसंग किन्छौं, चीनको सामान पनि भारत हुँदै हाम्रो घरसम्म आईपुग्छ जसको कारण हामीले बिगतमा चलाउँदै आएका नेपाल चीन नाँका समेत ईतिहाँसका किल्ला जस्ता बन्न पुगे जसको कुनै प्रयोग हुँदैन, त्यसैले समय बित्दै जाँदा ती संझनामा मात्र रहन्छन।

अर्को पाटो के भने, हाम्रो तराई क्षेत्र र भारतको उत्तर परदेश र बिहारको क्षेत्र को रहन सहन र संस्कारमा केहि हदसम्म समानता छन जुन अस्वभाबिक पनि होईन किनकि हामी खुला सिमाना भएका राष्ट्र हौं। यस्तो अवस्थामा मिस्रित धर्म, संस्कृति र रहन सहन हुनु नाजायज पनि मान्न सकिन्न।

तर यस्तो परिबेशको फईदा उठाऊँदै दुबै देशका उक्त क्षेत्रका टाउकेहरू आपसमा मिलेर आफ्नो प्रभुत्ब जोगाउन र सर्बसाधारण माथि सँधै राज गर्न बिभिन्न हत्कन्डा अपनाउनु नौलो कुरा भएन जसको नतिजाको मुख्य उदाहरण अहिले हामीले तराईमा देख्दै आएको बिगत लामो समयदेखि बिभिन्न बहानामा चल्दै अाएको आन्दोलन हो। हो यहाँनेर हाम्रा राजनैति दलहरू चुकेका अबस्य हुन।

किन सोंच्न सकेनन यी दलहरुले कि आखिर तराईका जनता पनि हाम्रै देशका नागरिक हुन र यिनिहरुलाई पनि आफ्नो संबिधान कस्तो बन्दैछ, हामीले के के अधिकार पाऊँदैछौं र के के अधिकार गुमाउँदै छौं। आखिर किन तराईका बहुसंङ्ख्यक जनता उनिहरुको पछाडि लाग्दैछन जो चुनाबमा हारेका नेता हुन, जो बिगतमा पटक पटक मन्त्रि बन्ने देखि जिम्मेवार तहमा रहँदै आएका हुन। यसको पछाडि के कस्ता कारण छन, को दोषी छ, जनतामा के भ्रम फैलाईएको छ, अनि ति नेता कस्को  ईसारामा चल्ने मान्छे हुन। दूर्भाग्य भनौं हाम्रा ठुला दलले यी सबै कुरालाई नजरअन्दाज गरेकै हुन् ।

हुनत पहाडियालाई पनि यिनले प्रष्ट गरेनन कि तिमिहरुलाई के कस्ता अधिकार दिईंदैछ, तर पहाडियालाई कसैले गलत कुरा सिकाएन, कसैले तिमिहरुको अधिकार खोशियको छ भनेर कान फुकेन, नत कुनै पहाडिया नेतालाई रअको सम्मेलनमा बोलाईयो, नत पहाडिया नेताहरुलाई भारतिय दुताबासमा बोलायर डिनर गराईयो। यदि कोहि पहाडिया नेता त्यस्तो सम्मेलनमा भाग लियको छ या उ भारतिय दुताबाससँग नजिकको सम्बन्ध राख्छ, गोप्यमा बिभिन्न षडयन्त्रमा लाग्छ भने अबस्य पनि त्यो अहिले चर्चा भैरहेको नयाँ शक्तिको योजनाकार हुन सक्छ जो नेपालमा कमसेकम बिषम परिस्थितिमा मिलेर बसेका शक्तिहरुको बिखन्डन चाहान्छ अनि आफ्नो नुनको सोझो गर्न चाहान्छ। 

प्रतिक्रिया दिनुहोस्