
चिन्ताको बिषय हो ‘बाच्नको लागि कति खर्च लाग्छ?’ अर्थात् Cost of living . हाम्रा बाजे बराजुदेखि लिएर हाम्रा बा आमा पनि यहि कुराले सधै नै चिन्तित थिए। आज हामी झन् बडी चिन्तामा छौ। किनकी महंगीले आकाश छूदैछ, दिन प्रतिदिन।
(घर)
सामाजिक प्रतिष्ठाको जानकारी दिन्छ भने हामीलाई हावा, पानी र घाम
जस्तो प्रकृतिको प्रत्यक्ष असरबाट आश्रय दिने काम गर्छ। दिनभरी कामको थकानपछि हामी सबै घर जान आतुर हुन्छौ। साना नानीहरु पनि विद्यालय सकिएपछि घर जान आतुर हुन्छन्। झन् बिदेशमा काम गर्न जानेहरुको लागि घर जानु भनेको ठुलो चाडझैँ हुन्छ I अनि दसैँ , तिहार , बिबाह जस्ता उत्सव घरको विशेष महत्व हुन्छ। हामी सबैको सपनानै हो ताकी सबैकोभन्दा राम्रो घर होस्। अनि त्यो घर निर्माणको लागि सम्बभत जिबनभरि धेरै मिहेनत गरेर काम गर्छौ। त्यसको लागि नगद बचत गर्छौ। यो बचत गर्न कति अप्ठेरो छ त्यसको लेखाजोखा जसले भोगेको छ उसैलाई
राम्रोसँग थाहा छ। मैले यहाँ लेखेर ब्याख्या गर्न सायद मनासिब नहोला।
अर्को तरिकाबाट पनि प्राप्त हुछ । त्यो हो पैत्रिक सम्पिताको रुपमा दाजुभाई बिचमा अंसबण्डा गर्दा। तर बाउ बाजेले त्यो घर बनाउदामाथि भनेझै तरिका अपनाएका थिए। अब प्रश्न आउछ के हामीले जिबनभरि दु:ख गरेर बचत गरेको नगद त्यो सपनाको घर बनाउनको लागि पर्याप्त छ त
? यदि नभएमा के गर्ने ? हो यो एकदम जटिल प्रश्न हो । यसको सहि उत्तर पनि त्यतिनै जटिल छ ।घरको यो समस्या नेपालमा मात्र होइन संसारभरि जहाँपनि एकै हो । तर बिकसित मुलुकमा त्यसको निराकरण गर्ने तरिका फरक किसिमको हुन सक्छ। निराकरण गर्ने तरिका जति सजल भयो त्यस देशका जनताले त्यतिनै बढी राहतको महसुस गर्छन। यसै सन्धर्भमा एक पटक बेलायत लाइ हेरौ :
बनाउनेभन्दा पनि बनिसकेको घर किन्ने चलन छ । घर किन्नको लागि जिबनभरि पर्खिराख्नु पर्दैन। तपाई काम गर्नुहुन्छ वा ब्यबसाय गर्नुहुन्छ भने तपाईको आम्दानीको अनुपातलाइ हेरेर बेंकले घर किन्ने ऋण दिन्छं। तपाईको ऋणको धितो त्यहि घर नै हुन्छ । जब तपाई मासिक तलब वा ब्यबसायबाट फाइदा प्राप्त गर्नु हुन्छ बेंकलाइ किस्ताबन्दिमा ऋण तिर्न थाल्नु हुन्छ। सामान्यतय ऋण २५ बर्ष अबधिको हुन्छ। तपाईले त्योभन्दा पहिलानै ऋण चुक्ता गर्न पनि सक्नुहुन्छ।यसरि तपाइलाई घर किन्नको लागि बचत गर्ने चिन्ता हुदैन। तपाईको अबकास जिबनमा तपाइकै पूर्ण स्वमित्वमा घर हुने हुदा निभृतिभरण (Pension)
बाट जीविकोपार्जन गर्न सकिन्छ
(लत्ता कपडा)
गर्छौ।साना नानीहरुको बिद्यालयको पोसाक यहाँ £१० अर्थात् रु १,५८० मा पाइन्ट,सर्ट पाइन्छ। नेपालमा के कस्तो पर्छ त्यो तपाइँ हरुलाई नै बढी थाहा छ । यस सन्धर्भमा म यहा
धेरै ब्याख्या गर्न मनासिब ठान्दिन। तर लत्ता कपडा ले Cost of living मा ठुलो भूमिका खेलेको हुन्छ ।
(खाने कुरा)
हामीले दैनिक रुपमा उपभोग गर्ने सामग्री हरुको मूल्यलाइ तुलनात्मक रुपमा प्रस्तुत गरेको छु। यस तालिकाबाट नेपाल र बेलायतबीचमा के कस्तो भिन्नता रहेको छ स्पष्ट रुपमा अवलोकन गर्न सकिने हुनाले विश्लेषण गरिरहनु नपर्ला :
सामाग्री
|
नेपाल को मूल्य (रु)
|
बेलायत को मूल्य (रु)
|
फरक
|
आलु रातोप्रति किलोको कति
|
४०
|
१९५
|
–१५५
|
आलु सेतो प्रति किलोको कति
|
३५
|
५७
|
–२२
|
फुल काउली प्रति किलो को कति
|
३५
|
१५८
|
–१२३
|
बन्दा काउली प्रति किलो को कति
|
३०
|
९२
|
–६२
|
ब्रो काउली प्रति किलो को कति
|
४५
|
१८३
|
–१३८
|
टमाटर प्रति किलो को कति
|
८०
|
२५३
|
–१७३
|
प्याज प्रति किलो को कति
|
५५
|
११०
|
–५५
|
बनस्पति तेल प्रति लिटर को कति
|
२४०
|
१८९
|
५१
|
एक पाकेट पाउरोटी को कति
|
४०
|
८०
|
–४०
|
बासमती चामल प्रति किलो को कति
|
१३१
|
२५९
|
–१२८
|
खसी को मासु प्रति किलो को कति
|
८५०
|
१०२२
|
–१७२
|
कुखुरा को मासु प्रति किलो को कति
|
३००
|
४४४
|
–१४४
|
च्याउ प्रति किलो को कति
|
३७५
|
३३५
|
४०
|
सन्तुल प्रति किलो को कति
|
९०
|
१७५
|
–८५
|
स्याउ प्रति किलो को कति
|
१३०
|
२६४
|
–१३४
|
केरा प्रति किलो को
|
१०७
|
१००
|
–७
|
दुध प्रति लिटर को कति
|
६४
|
६३
|
१
|
अन्डा एक दर्जन को कति
|
१२०
|
३१६
|
–१९६
|
पेट्रोल प्रति लिटर को कति
|
१०४
|
१५८
|
–५४
|
डिजेल प्रति लिटर को कति
|
९४
|
१६७
|
–७३
|
सिटामोल ट्याब्लेट प्रति गोटा को कति
|
१.५
|
२
|
–०.५
|
दहि प्रति किलो को कति
|
९०
|
३१६
|
–२२६
|
घिउ प्रति किलो को कति
|
९००
|
१०५०
|
–१५०
|
ग्यास – ५ जना को परिवार लाइ मासिक खर्च
|
|
७९००
|
|
पानी– ५ जना को परिवार लाइ मासिक खर्च
|
|
७९००
|
|
बिजुली – ५ जना को परिवार लाइ मासिक खर्च
|
|
७९००
|
|
(£१ को रु १५८ का दरले विनिमय गरिएको छ)
|
हाम्रा नानीहरुलाई उत्तम शिक्षा दिन चाहन्छौ। हामी आफ्नो बिलासिता वा अन्य कुरामा सहमति गर्न सक्छौ तर सन्तानको शिक्षामा हामी कठोर छौ I
सके सम्म उत्तम शिक्क्षा प्रदान गर्न चाहन्छौ I
यो एकदम सकारात्मक सोचाई हो I
नेपालमा विद्यालय अनुसारको शुल्क फरक रहेको देखिन्छ I
कुन विद्यालयको कति भनेर यहाँ प्रस्तुत गर्न मसंग
अधिकारिक र यकिन
तथ्यांक छैन I
मलाई विश्वास छ तपाईहरु सम्पूर्ण यस सन्दर्भमा सुसुचित हुनुहुन्छ I
तपाईहरु बिद्यालयको मासिक शुल्कले गर्दा निकै चिन्तत हुनुहुन्छ I
म त्यसमा
पूर्ण सहमत छु I
विश्व बिध्यालय र पेशागत शिक्षा प्रदान गर्ने शैक्षिक संस्थानहरुको मासिक सुल्क झन् चर्को छ I
मैले सुने अनुसार मेडिकल डाक्टर हुन् करिबन रु ५० लाख चाहिन्छ I
नेपालमा समुदाइक (सरकारी स्वामित्वका) बिद्यालय कम हुनु र जे
जति छन तिनको गुणस्तर दिनानु दिन झर्दै जानुले पनि ब्यबसाहिक रुपमा स्थापना गरिएका विद्यालयले अनुचित रुपमा मासिक शुल्कको निर्धारण गर्दा तपाईहरुमा त्यसको प्रत्यक्ष प्रभाव रहेको छ I
यो निश्चय नै निन्दनीय कुरा हो I
व्यक्तिगत स्वामित्वमा नाफा कमाउने उदेश्यले संचालन भएका विद्यालयहरु प्राय नगन्य छन। जति छन् तिनीहरुलाई सरकारले कडा निगरानीमा राखेको छ। फलस्वरूप सम्पूर्ण बिधार्थीहरु समुदायीक विद्यालयमा जान्छन् जुन पूर्णरुपमा नि: शुल्क छ ।
आफ्ना सन्तानहरुलाई विद्यालय पठाउनु प्रत्येक अबिभाबकको कर्तब्य हो। यसो नगरेमा सरकारले कानुन सम्बत कारबाही गर्छ।विश्व बिध्यालयका सन्धर्भमा आबस्यक शुल्क सरकारले तिरिदिन्छ ऋणको रुपमा। जब त्यो बिधार्थीले पढाई सकेर काम वा ब्यबसाय गर्न सुरु गर्छ उसको आम्दानीलाइ हेरेर मासिक रुपमा केहि रकम सरकारलाइ तिर्नु पर्छ। यसरि ऋण तिर्दा उक्त बिधार्थीको आम्दानीलाइ हेरेर मात्र तिर्न लगाइन्छ। यदि उसको आम्दानी सरकारले तोकेको हदबन्दी भन्दा कम भएमा ऋण तिर्नु पर्दैन। जब उसको आम्दानी त्यो हदबन्दीभन्दा धेरै हुन्छ अनि मात्र उसले क्रमिक रुपमा मासिक केहि रकम (सरकारले तोकेको नियम अनुरुप) तिर्न पर्ने हुन्छ ।
हाम्रो जिबनमा ठुलो भूमिका खेलेको हुन्छ। स्वास्थ्य रहेमा मात्र अन्य कुरा गर्न सकिन्छ। नेपालका सन्धर्भमा स्वास्थ्य पनि महँगो कुरामा पर्छ। हामीकहा धेरै उदहारण छन औषधिको कमिले अथवा बिरामीको उचित उपचार गर्न सक्ने अर्थिक अवस्था नभएको कारणले जिबन समाप्त भएको।
यो अतिनै मानबिय संवेदनशील कुरा हो। यस्तो खबरले हामी सबैलाई दु:ख लग्नु स्वाभाविक हो। सरकारको स्वामित्वमा भएका गाउँका स्वास्थ्य चौकी, जिल्ला अस्पताल, अंचल अस्पतालको जिर्ण अवस्था र राजधानीमा रहेका आधुनिक अस्पतालको कार्य क्षमताले मात्र सम्पूर्ण जनताको स्वास्थ्य उपचारको भार बहन गर्न सक्दैन। फल्स्वोरूप ब्यापारिक हिसाबले संचालन गरिएका व्यक्तिगत स्वामित्वका अस्पतालहरु हिजो आज निक्कै जुर्मुराएको देखिन्छ। ति अस्पतालको चर्को शुल्क र गुणस्तरबिनाको उपचार बिधिले गर्दा हामी जनता चापेटामा पर्नु स्वाभाविक नै हो।
हेर्दा यहाँ सम्पूर्ण जनताको स्वास्थ्यको जिम्मेबार सरकारले लिएको हुन्छ। बच्चा जन्मेर मृत्यु नभएसम्म स्वास्थ्य सम्बन्धि सम्पूर्ण कुराको लेखा सरकारसंग हुन्छ। सम्पूर्ण अस्पतालहरु सरकारी स्वामित्वका छन। केहि व्यक्तिगत स्वामित्वका अस्पताल पनि छन तर ति पनि विद्यालयजस्तै नगन्य रुपमा नै छन। अस्पतालको शुल्क र औषधिको मूल्यको सन्दर्भमा जनताले कुनैपनि चिन्ता लिनु पर्दैन।
खर्चभन्दा स्रोत कम रहेमा त्यहा समस्या देखिन्छ । यहि स्रोत र खर्च बीचको समानजस्यले नै व्यक्ति (परिवार) को जिबन सफल वा निरासजनक हुने कुराको निर्णय गर्छ । नेपालको सन्दर्भमा यउटा सरकारी कार्यालयको प्रमुखको मासिक तलब करिबन रु २४,००० रहेको देखिन्छ । के यो मासिक कमाई माथि उल्लेख गरिएका बच्नको लागि आबस्यक बस्तुको खरिद गर्नको लागि पर्याप्त छ त ? यसको उत्तर म तपाईहरुमै छाडी दिन्छु।
१,०५८.६०) , उमेर १८ र २० बर्ष बीचको प्रति घण्टा £ ५.३० (रु ८३७ .४०) छ भने १८ भन्दा कम उमेर भएकालाइ प्रति घण्टा £ ३.८७ (रु ६११ .४६) छ। यसरि हेर्दा एउटा २१ बर्ष पुगेको व्यक्तिले हप्ता को ३७ घण्टा काम गर्दा बर्ष को £१२,८९० (रु २०,३६,६२०) आम्दानी गर्छ . श्रीमान श्रीमतीले नै काम गर्ने हो भने यो रकम दुइ गुणा हुन्छ । बेलायतको बच्नको लागि आबस्यक खर्च (Cost of living) लाइ हेर्दा यो आम्दानीले सामान्य रुपमा चिन्ता रहित जीवन जिउन सकिन्छ।
प्रतिक्रिया दिनुहोस्