गरिरहेका साहित्यिक तथा कलाशील विद्यार्थीहरुको अनौपचारिक समूह ‘फोरम
अफ क्रियटिभ आर्टस् एण्ड लिट्रेचर’ अर्थात् ‘फोकल’ को
यस डिसेम्बर महिनाको मासिक भेला कार्यक्रम यही आइतबार,२० डिसेम्बर
२०१५ मा सफलतापूर्वक सम्पन्न भएको छ । प्राइम सी.ए.को हलमा उक्त कार्यक्रम सम्पन्न
भएको थियो। उक्त कार्यक्रममा साहित्य र कलाका विभिन्न क्षेत्रहरुमा अभिन्न रुची
राख्ने सी.ए. विद्यार्थीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो। मासिक रुपमा महिनाको तेश्रो आइतबार हुँदै
आइरहेको यस भेलामा सहभागीहरुबाट गायन कला, साथै गीत, गजल, कविता,
मनोवाद
प्रस्तुत भएको थियो। सबै सहभागीहरुको बेजोड प्रस्तुतिले कार्यक्रम रौनकमय रहेको
थियो ।

खण्ड अन्तर्गत अघिल्लो महिना छनोट गरिएको विषय ‘वर्तमान अघोषित
नाकाबन्दीले सृजना गरेको सम्भावना तथा चुनौतीहरु’ मा सहभागीहरुले
आफ्नोे आफ्नो धारणा प्रस्तुत गरेका थिए। सहभागीहरुले आ–आफ्नो तर्फबाट
नाकाबन्दीले दिएका चुनौतीहरु र यसबाट हामीले सिक्नुपर्ने पाठ भवितव्य
सम्भावनाहरुबारे विचारविमर्श गरेका थिए।
कार्यक्रमको पुस्तक आदान प्रदान खण्डमा सहभागीहरुले पुस्तक आदान–प्रदान
गरेका थिए ।
प्रदर्शनीको एउटै संगम ‘फोकल’ बन्न सफल भएको छ जहाँ विद्यार्थीहरुले
आर्टिकलसीप र पढाईलाई एकछिन भएपनि विश्राम दिँदै महिनामा एकदिन कला र साहित्य
सम्झन्छन्, क्यानभासरुपी यस प्ल्याटर्फममा कसैले अक्षररुपी
मसी पोख्छन् त कसैले स्वररुपी जादूले सबैको मन छुन्छन् त कसैलै बाध्यबाधनको सुरिलो
धुनले बातावरणनै गुञ्जयमान गराउँछन् त कसैले अभिनयको सुन्दर हिस्सा प्रस्फूटन
गर्ने गर्छन् ।
प्रतिक्रिया दिनुहोस्