Skip to content

हेल्पिंग ह्यान्ड्सद्वारा हाजिर जवाफ प्रतियोगिता सम्पन्न

ऋषि राम अधिकारी  

दिल्ली ब्युरो, सीए सरोकार 

भारतको राजधानी नया दिल्लीमा रही सीए अध्ययन गरिरहेका नेपाली बिद्यार्थीहरुको संगठन मध्यको एक ‘नेप्लिज स्टुडेण्ट हेल्पिंग ह्यान्ड्सले’ आज लक्ष्मीनगरमा हाजिरीजवाफ प्रतियोगिता आयोजना गरेको छ। आउदो नोवेम्बर परीक्षालाई लक्षित गरि सीए पाठ्यक्रमबाट नै प्रश्न सोध्ने व्यवस्था रहेको सो कार्यक्रममा ६ समूहले भाग लिएका थिए। उक्त कार्यक्रम मदन बस्नेतको अध्यक्षता, सीए राजेश शर्माको प्रमुख आतिथ्य, नेपाली बिधार्थी संघ भारतका प्रमुख मदन भण्डारी, संजय श्रेष्ठ, सीए दीपेन्द्र दीपक र लक्ष्मीनगर स्थित विभिन्न संघसंघठनका प्रतिनिधिहरुको आतिथ्यतामा सम्पन्न भएको थियो।

कार्यक्रमलाई सुबी पोख्रेलले संचालन गरेकी थिइन् भने स्वागत मन्तब्य अविता शर्माले दिएकी थिइन्  कार्यक्रमलाई अझ अगाडी बढाउन शिक्षा तथा जीवनवृति विभागका सदस्य के.एन भुसाल, ऋषि राम पौडेल, कृष्ण रिजाल, संजय लामिछानेले सहयोग गरेका थिए। कार्यक्रममा प्रथम स्थान लोत्शे समुहका बिमल भुसाल, संजय गिरि, दिपेश राज गिरि र दोस्रो स्थान कन्चनजंग समुहका अजय अधिकारी, राकेश खरेल, जय सिरिवास्ताब भएका थिए। 
अन्तत संघठनका अध्यक्ष मदन बस्नेतले नेपाली बिधार्थीहरुलाई उक्त कार्यक्रमले केहि फाइदा भएको होला भन्ने अपेक्षा गर्दै आगामी दिनहरुमा पनि यसै गरि बिधार्थिहरुलाई लक्षित गर्दै उनीहरुको हकहितका लागि विभिन्न कार्यक्रम गर्ने बाचाका साथ सम्पूर्ण उपस्थित बिधार्थीहरु माझ धन्यवाद दिंदै  समापन गरेको  संस्थाका सचिब सन्दीप पाण्डेले सीए सरोकारलाई जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।