Skip to content

सिए विद्यार्थी भेषराज देवकोटाका हाइकुहरु

छैन वसमा 
न लगाम कुनै छ
 दौडन्छ त्यसै!
 कस्तो चिज यो
 साँच्चै अजब रैछ
 मान्छेको मुटु!

न खुशी थाम्छ 
न थेग्छ प्रहार नै
 मेरो हृदय!

दुर्बलताको 
हर सिमा नाघेर
 टुक्रियो आज!

जोगाएँ कत्ति
 मुटु मेरो काँचको
 टुट्यो यो आज!

मेरो साहस
 र, यो आत्मविश्वास 
भत्कियो सँगै  

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।