Skip to content

प्राइम सिए दिल्लीका उत्कृष्ट विद्यार्थीहरु सम्मानित

ऋषि राम अधिकारी
दिल्ली ब्युरो, सीए सरोकार
प्राइम सीए दिल्लीले आफुकहाँ अध्ययन गर्ने विद्यार्थीहरु मध्ये यो महिनाका उत्कृष्ट विद्यार्थीहरुलाई  सम्मान गरेको छ। आज दिउंसो प्राइम  सीए परिसरमा एक कार्यक्रम आयोजन गरि उत्कृस्ट बिध्यार्थीहरुलाई सम्मान गरिएको  हो।  सम्मान पाउनेहरुमा राम अधेश महतो, प्रकाश लभ, बिबेक बिश्वकर्मा, प्रियंका र पुतुल रहेका छन्।
प्राइम सीए दिल्लीले ‘स्टुडेण्ट्स अफ् द मन्थ’ शिर्षक दिई नयन  कामको थालनी गरेको।  जसमा हरेक महिना उत्कृस्ट  बिद्यार्थीहरुलाई सम्मान गरिने प्राइम सिएले बताएको छ । यसले गर्दा विद्यार्थीहरुमा प्रतिष्पर्धाको भावना विकास  हुने र विद्यार्थीहरुमा पढाईप्रति अझै लगाव हुने प्राइम सिए दिल्लीका संयोजक गोविन्द पोखरेलले सीए सरोकारलाई बताएका छन्। विद्यार्थीलाई छात्रवृति परीक्षा, पाठ्यगत परीक्षा र कक्षामा नियमियेता कायम गर्न यसले ठुलो भूमिका खेल्ने र त्यसका साथसाथै बिध्यार्थीहरुमा  अनुसाशनको पनि भावना बिकास  हुने भन्ने जानकारी उनले सीए सरोकारलाई बताएका छन्। विद्यार्थीको उज्वल भविस्यको लागी प्राइम सीएका संचालक तथा कर्मचारीहरु  सधै तयार रहेको र सहभागीमुलक शिक्षालाइ प्राथमिकता दिनु प्राइम सीएको मुख्य उदेश्य भएको  बताएका संयोजक पोखरेलले बताएका छन्।  
 स्थापनाकाल देखि नै निकै राम्रो तरिकाले अघि बढेको प्राइम सीए दिल्लीले आफ्नो स्थान दिल्लीमा राम्रो राख्न सफल रहेको छ.। यस्तो सम्मान कार्यक्रम हरेक महिना गर्ने र आउंदा दिनहरुमा अझै नयन  सोचका साथ अघि बढ्ने लक्ष्य लिएको  बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।