Skip to content

सदश्य, बिधार्थी र कर्मचारी मेरो प्राथमिकतामा छन् : सिए कृष्ण भट्टराई

आईक्यानको आशन्न चुनावका उमेद्वार मध्येका एक सिए कृष्ण भट्टराईले बिधार्थी, सदश्य तथा आईक्यानका कर्मचारीहरु आफ्नो प्राथमिकतामा भएको बताएका छन्। गत साता सिए सरोकारले आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन्। केहि निश्चित उमेद्वारहरुले मात्र विधार्थीको मुद्धालाई लिएर अगाडी बढिरहेको भन्ने चर्चा गलत भएको बताउंदै उनले आफुले चुनावमा उमेद्वारी दिनुभन्दा अघि नै एनाकासाका अध्यक्षसंग भेटेर विधार्थीका मामलाका बारेमा बुझेको र त्यहि अनुसार अगाडी बढेको बताएका छन्।
उनले आफु अप्राकृतिक गुट निर्माण गर्नेहरुका बिरुद्ध हुने समेत  बताएका छन्।  आईक्यानको काउन्सिलमा विभिन्नखाले निर्णय गर्दा अध्यक्षले जे भने त्यहि
हुने परिपाटी भएको भन्दै त्यसलाई परिवर्तन गर्नु पर्ने सिए कृष्ण भट्टराईको भनाइ छ। “अध्यक्षले गलत कुरा गरे अध्यक्षलाई नै बर्खास्त गर्नु पर्यो नि !” उनले भने।  

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।