Skip to content

ब्रिलिएन्ट क्याम्पसमै हुने भयो परिक्षा ! (हेर्नुहोस् तालिका ) के परिक्षा सेन्टर सुरक्षित छ ?

आईक्यानले आउँदो जुलाई १ तारिख देखि लिने परिक्षाको परिक्षा तालिका प्रकाशन गरेको छ।  प्रकाशित परिक्षा तालिका अनुसार काठमाडौँको परिक्षा सेन्टर ब्रिलीएन्ट क्यापसमै राखेको छ।  निकै नै पूरानो भवन भएकाले परिक्षा केन्द्र सुरक्षित नभएको यस अघि नै विभिन्न विद्यार्थी तथा अभिभावकको भनाइ थियो।
यसबारे सिए सरोकारले आईक्यानका उपाध्यक्ष प्रकाश लम्शाललाई सोध्दा यसपाली को परिक्षा भने ब्रिलीएन्ट क्याम्पसमै हुने र अर्को पटकलाई भने परिक्षा सेन्टर खोजिरहेको बताए।  परिक्षा सेन्टर सुरक्षित छ त ? भन्ने सिए सरोकारको प्रश्नमा उनले भने ,”त्यो चाहिं बुझ्नुपर्छ। ईडीलाई फोन गरेर कन्फर्म गर्नुस् !  “

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।