
कार्यक्रममा बोल्दै कुवेर शर्माले आफुलाई सम्मानित गरेकोमा सिए सरोकारलाई विशेष धन्यवाद दिएका छन् । उनले आफ्नो पेसामा आफुले ५० बर्ष पार गरेको भए पनि आफुलाई ५० वर्षको समय निकै नै छोटो भएको बताएका छन् । गत बैसाखमा गएको विनासकारी भुकम्प नेपालका लागि अवसर बन्न सक्ने बताउँदै शर्माले नेपालीहरु सबै मिलेर नेपालको पुनर्निर्माणमा लाग्नु पर्ने समेत बताउएका छन् । कार्यक्रममा बोल्दै उनले नेपाली लेखा ब्यबसाय र सिए सरोकारको प्रगतिको समेत कामना गरेका छन् ।कार्यक्रममा बोल्दै आईक्यानका अध्यक्ष नरेन्द्र भट्टराईले सम्मानित सिए कुवेर शर्मालाई बधाई दिएका छन् । उनले नेपाली लेखा ब्यबसायमा निकै नै महत्वपूर्ण योगदान दिएका सिए शर्मालाई सम्मानित गरेकोमा सिए सरोकारलाई समेत धन्यवाद ज्ञापन गरेका छन् । नेपाली लेखा व्यवसाय बिकसित हुँदै गरेको र आफ्नो कार्यकालमा पनि नेपाली लेखा ब्यबसायको विकासका लागि आफुले सक्दो गरिरहेको समेत उनको भनाई थियो । कार्यक्रममा उनले आशन्न आईक्यानको चुनावका उमेद्वारहरुलाई पनि सफलताको शुभकामना प्रदान गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्