![]() |
एनाकासा र एक्यानले संयुक्त रुपमा आयोजना गरेको राहत वितरण कार्यक्रमको एक झलक तस्बिर : एनाकासाको फेसबुक पेज |
![]() |
नेपाल भूकम्प राहत कोषले सिन्धुपाल्चोक मा गरेको राहत वितरण कार्यक्रमको एक झलक |
यता सबै भन्दा बढि सहयोग भने भारतमा सिए अध्ययन गरिरहेका नेपाली बिधार्थीहरुको संयोजनमा स्थापना भएको नेपाल भुकम्प राहत कोष दिल्लीले गरेको छ। उक्त कोषले ७००० भन्दा बढि टेन्ट , १० हजार भन्दा बढि कम्मल, ५० रोल भन्दा बढि म्याट्रेस, १० हजार किलो भन्दा बढि चामल, १००० किलो भन्दा बढि दाल, १००० लिटर भन्दा बढि तेल ,५०० किलो भन्दा बढी नुन लगायतका राहत सामाग्री वितरण गरिएको बताएको छ। कोषले २१ लाख भन्दा बढि नगद तथा ५० लाख बराबरका सामान तथा औसधि संकलन गरेको भनी यस अघि पनि विभिन्न समाचार माध्यममा समाचार प्रकाशित भैसकेको थियो। साथै नेपाल भुकम्प राहत कोषले एम्स , केएमसी लगायतका मेडिकल कलेजहरुबाट डाक्टरहरु समेत पिडित ठाउँमा पठाएको थियो भने २० भन्दा बढि नर्सहरुलाई विभिन्न स्थानमा सेवाको लागि पठाएको थियो। काठमाडौँमा मात्र ५० बढि स्वोयाम्सेवकहरुलाई खटाएको कोषले इन्स्टिच्युट अफ इञ्जिनियरिङ्गबाट समेत विभिन्न प्रयोजनका लागि विभिन्न इन्जिनियरहरु समेत खटाएको थियो। भारतको दिल्ली,मुम्बई तथा बैंगलोर गरी ५०० भन्दा बढी स्वोयम सेवकले काम गरिरहेको समेत कोषका तर्फबाट सुवास पाण्डेले सिए सरोकारलाई जानकारी दिनु भएको छ। कोषका तर्फबाट पाण्डेले आफुहरुले सिन्धुपाल्चोकका ९ गाबिस , नुवाकोटका ७ गाबिस गोर्खाका ६ गाबिस दोलखाका ५ गाबिस पर्वत का ४ गाविस लगायत गुल्मी , ललितपुर , काठमाडौँ , रामेछाप , तनहु, धाधिंङ , काभ्रे र रसुवामा राहत वितरण गरेको बताएको छ।
प्रतिक्रिया दिनुहोस्