Skip to content

सिए विधार्थी भेषराज देवकोटाका थप हाइकुहरु

यस अघि पनि भेषराज देवकोटाका  देशमा समर्पित  केहि हाइकुहरु हामीले प्रकाशित गरेका थियौं।  यी हुन् भेषराज देवकोटाका अन्य हाइकुहरु :

अस्तव्यस्तता
बढ्दैछ लगातार
अन्त्य कहिले?

पापी भुकम्प
आउँछ, तर्साउँछ
बेहाल मेरो !

हुन्न उद्धार
महिना बित्दा पनि
छि: सरकार !

यो भुईँचालो
व्यर्थै सताइरा’छ
नेपालीलाई!

भो पुग्यो अब
नसता न अब त
कत्ति निर्मम!

अत्यासलाग्दो
यो हरामी भुकम्प
अत्ति भैसक्यो!

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।