नेपाल सिए स्टुडेन्ट डटकमका बारेमा प्रकाशित समाचार प्रति साइटका
संचालकले देखाउनु भएको आपतिप्रति हाम्रो ध्यानाकर्षण भएको छ। एनाकासा
साइट अपडेट हुनु पर्ने माग जाहेज भए पनि नेपाल सिए स्टुडेन्ट डटकमलाई गलत
तरिकाले जोडिएको भन्ने साइट संचालकको बिचार प्रति पनि हाम्रो ध्यानाकर्षण
भएको छ। उक्त समाचारको उद्देश्य एनाकासाको साइट अपडेट हुनु पर्ने मागलाई
मजबुत बनाउने बाहेक केहि नभएको स्पष्ट पार्दै नेपाल सिए स्टुडेन्ट डट कमका
संचालकलाई व्यक्तिगत रुपमा कुनै किशिमको आहत परेको भए सिए सरोकार क्षमा
प्रार्थी छ। यद्यपी एनाकासाको वेब साइट अपडेट हुनु पर्ने हाम्रो माग भने
जारी नै छ ।
पत्रकारको स्वास्थ्यबारे लेखिएको भ्रमपूर्ण स्ट्याटस हटाउने साइट संचालकको
भनाइ प्रति हामी कृतज्ञ छौं। साथै नेपाल सिए स्टुडेन्ट डट कम र सिए सरोकार
बीच कुनै पनि मतभेद नरहेको स्पष्ट पार्न चाहान्छौं।
प्रतिक्रिया दिनुहोस्