नेपालका चार्टर्ड एकाउन्टेनटले बनाउने वित्तीय प्रतिवेदन अझैसम्म पनि
अन्तर्राष्ट्रियस्तरको नभएकामा गभर्नर डा. चिरञ्जीवी नेपालले आश्चर्य
व्यक्त गरेका छन् । नेपाल चार्टर्ड एकाउन्टेनट संघ (एक्यान) ले शुक्रबार
गरेको नेपालको वित्तीय विवरणलाई अन्तर्राष्ट्रियस्तरको बनाउने विषयवस्तुमा
आधारित कार्यशालालाई सम्बोधन गर्दै गभर्नर नेपालले आश्चर्य व्यक्त गरेका
हुन् । नयाँ पत्रिकामा खबर छ।
विवरण बनाउने विधि अन्तर्राष्ट्रियस्तरको हुन नसकेकाले नै नेपाल आर्थिक
विकासमा पछि परेको बताए । ‘अन्तर्राष्ट्रिय वित्तीय प्रतिवेदन प्रणाली लागू
भयो भने विदेशी लगानीकर्तालाई पनि नेपालमा लगानी गर्न सहज हुन्छ,’ उनले
भने । विदेशी लगानीकर्ता पनि नेपालमै दक्ष
जनशक्ति पाइने भएपछि लगानी गर्न उत्साही हुने हुनाले नेपालका चार्टर्ड
एकाउन्टेनले पनि आफूलाई अन्तर्राष्ट्रियस्तरको बनाउनुपर्ने उनको जोड थियो ।
वेलामा त्यहाँ एकजना पनि चार्टर्ड एकाउन्टेनट नभएको भन्दै उनले नेपालका धेरै
संस्थाले चार्टर्ड एकाउन्टेनटको महत्त्व नबुझेको उनले बताए । ‘धितोपत्र
बोर्डजस्तो देशकै लगानीको विश्लेषण गर्नुपर्ने काम नेपाली र इतिहास पढेकाले
गरेर हुन्छ ?’ उनले भने, ‘कुनै पनि संस्थाको आर्थिक सुशासनका लागि
चार्टर्ड एकाउन्टेन अनिवार्य राख्नुपर्छ ।’
वित्तीय प्रतिवेदनको एउटा शैली विकास भइसकेको र यो धेरै हदसम्म
अन्तर्राष्ट्रिय प्रतिवेदनको शैलीसँग मिल्ने बताए । नेपाल दूरसञ्चार
कम्पनीलगायत केही संस्थाले अन्तर्राष्ट्रिय वित्तीय प्रतिवेदन
मापदण्डअनुसार प्रतिवेदन तयार पार्न सुरु गरिसकेको उनको भनाइ थियो । सन्
२०१६ सम्ममा सबै वाणिज्य बैंक तथा सन् २०१७ सम्ममा सबै डेभलपमेन्ट बैंक,
फाइनान्स कम्पनी तथा बिमा कम्पनीहरूमा अन्तर्राष्ट्रिय मापदण्डअनुसारको
वित्तीय प्रतिवेदन बनाउनुपर्ने भएकाले सबै चार्टर्ड एकाउन्टेनटले त्यसका
लागि अद्यावधिक भएर बस्नुपर्ने उनले बताए ।
(आइक्यान) का अध्यक्ष नरेन्द्र भट्टराई तथा कर फस्र्यौट आयोगका अध्यक्ष एल
बी महतले वित्तीय विवरण अन्तर्राष्ट्रिय मापदण्डको बनाउन ढिलो भइसकेको
बताएका थिए ।कार्यशालामा चार्टर्ड एकाउन्टेनट जगदीश भट्टराई तथा आशुतोष
पेड्नेकरको पहिलोपटक नेपाली मापदण्डको वित्तीय प्रतिवेदन कसरी तयार पार्ने
भन्ने विषयमा प्रस्तुति रहेको थियो
प्रतिक्रिया दिनुहोस्