Skip to content

आईपीसीसी अध्ययनका लागि भारत जाने बिधार्थीको संख्या घट्यो

भारतीय बोर्ड अन्तर्गत सिएको पहिलो तह नेपालमा अध्ययन गरी दोश्रो तहका लागि भारत जाने पूरानो चलन हो । तर यसपालि भने भारतीय बोर्ड अन्तर्गत सिएको दोश्रो तह आइपीसीसीका लागि भारत जाने बिधार्थीको संख्या उल्लेखनीय रुपमा घटेको छ । नेपालमा सीपीटि सकेर भारतमा र बिशेषत: भारतको लक्ष्मीनगरमा उल्लेखानिय संख्यामा बिधार्थीहरु जाने गर्दथे । नेपाली बिधार्थीकै भरमा चल्ने कतिपय कोचिंग कक्षाहरु निकै कम बिधार्थीका साथ चलिरहेका छन् भने अधिकांस नेपाली बिधार्थीले खचाखच हुने कोचिंग इन्स्टिच्युटहरुमा पनि बिधार्थीको संख्या पातलिएको छ
 बिधार्थी भन्छन्, नेपाल बाट र्यान्क आउँ छ, किन जाने भारत ? : पछिल्लो समय नेपालका इन्स्टिच्युटहरुले र्यान्क ल्याउन थालेपछी भारत जाने बिधार्थीको संख्या घटेको बिधार्थीहरु बताउँछन् । केहि बर्ष अघि सम्म भारतमा निकै नै खारिएका सिक्षक पाइने भन्दै बिधार्थीहरु भारत जाने प्रचलन रहेको तर अहिले भने नेपाल मै राम्रा शिक्षक पाइने हुनाले भारत जाने बिधार्थीको संख्या घटेको उनीहरुको भनाई छ

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।