Skip to content

हातेमालो बिधार्थी समुहद्वारा परिक्षा तयारिबारे बिशेष कार्यक्रम सम्पन्न

भारतमा रही सिए अध्ययन गरिरहेका नेपाली बिधार्थीहरुको समूह हातेमालो नेपाली बिधार्थी समुहले गत साता एक  बिशेष कार्यक्रम गरेको छ।  सिए हरि कुमार सिलवालसंग परिक्षा तयारिबारे कार्यक्रम केन्द्रित रहेको हातेमालो नेपाली बिधार्थी समुहका अध्यक्ष बिशाल भट्टराईले सिए सरोकारलाई बताउनु भएको छ।  सिए परिक्षा कसरी गर्ने, बिधार्थी के कुरामा चुकीरहेका छन् , सिए उतिर्ण गरिसकेपछी के गर्ने भन्ने बिबिध बिषयमा कार्यक्रम केन्द्रित थियो।  उल्लेखनीय रुपमा बिधार्थीहरुको उपस्थिति रहेको उक्त कार्यक्रम परिक्षाको तयारि गरिरहेका बिधार्थी हरुका लागि अझ बढी उपयोगी भएको बताइएको छ। 
कार्यक्रम हातेमालो नेपाली बिधार्थी समूहकि कार्यकारी सदश्य सृंखला  कार्कीको संयोजनमा आयोजना भएको हातेमालोका अध्यक्ष बिशाल भट्टराईले बताउनुभएको छ। कार्यक्रममा बिधार्थीहरुले  परिक्षामा गर्ने गलत खालको तयारि गरिरहेको बारे पनि  चर्चा गरिएको थियो। हातेमालो नेपाली बिधार्थी समुहले यस खाले विभिन्न कार्यक्रमको आयोजना गर्दै समय समयमा गर्दै  आएको छ। 

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।