आइक्यानको सातौ परिषदको आगामी निर्वाचनमा उम्मेद्वारी दिने निर्णय गरेको छु
/ मेरो उमेद्वारी बिगतमा आइक्यानको गरिमा र प्रतिष्ठालाई धुलिसात गर्दै
व्यक्तिगत स्वार्थका लागि नेतृत्व लिन अनैतिक कार्य गर्ने र अप्राकृतिक गुट
निर्माण गर्नेहरुको निरन्तरताको बिरुद्ध हुनेछ / म मेरा निश्चित
एजेन्डाहरु तपाईहरु माझ छिटै राख्ने नै छु र तपाईहरुको अमुल्य सुझावको लागि
प्रतिक्षारत रहने छु / तपाईहरुले आफ्नु मताधिकारको उचित प्रयोग गर्नुहुनेछ भन्ने पूर्ण विश्वास लिएको छु ! सिए के.के. भट्टराई”

अनैतिक कार्य र अप्राकृतिक गुटका बिरुद्ध लाग्ने प्रतिबद्धता: आईक्यानको चुनावमा उमेद्वारी दिने उनको घोषणासंगै सामाजिक संजाल मार्फत उनले आफ्नो उमेद्वारी अप्राकृतिक गुट निर्माण गर्नेहरुका बिरुद्ध हुने बताएका छन्। साथि उनले आफ्नो उमेद्वारी आइक्यानको गरिमा र प्रतिष्ठालाई धुलिसात गर्दै
व्यक्तिगत स्वार्थका लागि नेतृत्व लिन अनैतिक कार्य गर्नेहरुकासमेत बिरुद्धमा हुने बताउनु भएको छ। आई क्यान को चुनावमा विभिन्न खाले गुटबन्दी बिगतमा समेत हुने गरेको थियो भने पोस्टल भोट लगायतका बिषयहरुमा अनियमितता भएको भन्ने आरोप समेत लाग्ने गरेको थियो।


प्रतिक्रिया दिनुहोस्