Skip to content

सिए बिधार्थी पुस्कर नेपालले रचे विश्व किर्तिमान

भारतीय बोर्ड अन्तर्गत सिए अध्यययन गरिरहेका बिधार्थी पुस्कर नेपालले आफ्नो
खुट्टाले आफ्नै टाउकोमा सबै भन्दा बढी पटक हानेर बिस्व किर्तिमान राखेका
छन्।  आज काठमाण्डौमा भएको एक कार्यक्रमका बीच उनले विश्व  किर्तिमान
राखेका हुन्।  कार्यक्रम यस अघि नै सिन्धुपाल्चोकमा  तय भएको भए पनि
सिन्धुपाल्चोकमा आएको पहिरोका कारण स्थगित गरिएको थियो।   आज अर्थात
डिसेम्बर १९ तारिखका दिन कान्तिपुर सिटि कलेजमा आयोजित एक बिशेष
कार्यक्रमका बीच उनले सबैभन्दा बढी पटक आफ्नै खुट्टाले आफ्नै टाउकोमा हानी
विश्व  किर्तिमान राखेका छन्।  पर्फेक्सन सिए एकेडेमीको संयोजन र थकाली
ग्रुपको सहयोगमा सम्पन्न भएको उक्त कार्यक्रममा उनले यस अघि अमेरिकाका Joel
Lindecker ले १२७ पटक आफ्नो खुट्टाले आफैले आफ्नो टाउकोमा हानेको रेकर्डलाई एक मिनेटमा १४४ पटक आफ्नो खुट्टाले आफ्नै टाउकोमा हानी  पूर्व रेकर्ड तोड्दै किर्तिमान रचेका हुन्। आठ महिनाको अथक मेहेनत पछी पुस्कर नेपालले
यो सफलता पाएका हुन्।  किर्तिमान राखिसकेपछी उनले सामाजिक संजाल फेसबुक
मार्फत सबै सरोकारवाला एवं शुभचिन्तक हरु संग खुसि साटेका छन्।

तस्बिर : रिपब्लिका अनलाइन

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।