Skip to content

फस्टाउँदै परिक्षापछीको ट्युसन क्रेज !

हुन त सिए कोर्षमा पढिने नै ट्युसन हो । आईक्यानले नपढाउने हु नाले बिधार्थी कुनै एक इन्स्टिच्युट पुगी ट्युसन पढ्ने गर्छन।  तर  लगातार रुपमा पढिने ट्युसनका साथ् साथै एक पटक परिक्षा दिईसकेपछी परिक्षा बिग्रिएर पढिने ट्युसनकोक्रेज पनि बढ्दै गएको छ ।  बिसेषगरी क्याप टू अध्ययन गर्ने बिधार्थीहरुमाझ अहिले ट्युसन क्रेज चरम चुलीमा छ।  परिक्षा बिग्रिएका, वा ४० को आश नभएका, वा कुनै ग्रुपमा संका भएका बिधार्थीहरु पुन : ट्युसन पढ्ने गर्छन।  काठमाण्डौका केहि सिमित इन्स्टिच्युटमा यस खाले पढाई हुने भएकाले पनि ती इन्स्टिच्युटमा बिधार्थीको राम्रै भिडभाड देख्न सकिन्छ।

काठमाण्डौको आइपीए अर्थात कस्टका कन्सेप्ट किंगका नामले परिचित सिए रन्जीत कुमार यादवले पढाउने संस्था।  हरेक जुन १५ र डिसेम्बर १५ बाट कक्षा सुरु हुने आइपीएमा यस पाली पनि राम्रो संख्यामा बिधार्थी पढ्न जाने तयारिमा छन्।  छुट्टाछुट्टै बिषयको पढाइ हुने संस्कृतिलाई काठमाण्डौमा बिकाश गर्ने व्यक्ति भएकाले पनि रन्जीत कुमार यादवको इन्स्टिच्युटमा बिधार्थीहरुको राम्रो जमात ‘रेफेरेंस’ मै जाने गरेका छन्। 
काठमाण्डौ मै रहेको केएमसीपीई ट्युसन कक्षा प्रदान गर्ने अर्को संस्था हो।  सिए पारश राज कंडेलले कस्ट सिए उमेश राज पाण्डेयले ट्याक्स र बिधार्थीमाझ निकै नै राम्रो  छवि बनाएका रामचन्द्र खनालले फ़ाइनाइन्स तथा सुजित पोखरेलले अकाउन्ट्स बिषय पढाउने केएमसीपीईमा पनि ट्युसन कक्षा सुरु भएकोछ।  

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।