Skip to content

एन्फाको अडिट रिपोर्टप्रति फिफा असन्तुष्ट


फुटबलको अन्तर्राष्ट्रिय निकाय (फिफा)ले अखिल नेपाल फुटबल संघ (एन्फा)को अडिट रिपोर्ट सन्तोषजनक नरहेको जनाएको छ । रोयटर्सले सोमबार सार्वजनिक गरेको
रिपोर्टअनुसार एन्फाको सन् २०१२ को अडिट रिपोर्टलाई फिफाले ‘चित्त नबुझ्दो र
असुहाउँदो’ भनेको छ । फिफाले अन्तर्राष्ट्रिय अडिट ‘फर्म’ केपिएमजीबाट
एन्फाको अडिट गराएको थियो । जसमा आर्थिक अपचलन भएको देखिएको फिफाले जनाएको छ
। केपिएमजीको रिपोर्टअनुसार फिफाको अनुशासन
कमिटीले एन्फालाई अनुसन्धानको घेरामा राखेको पनि समाचारमा उल्लेख छ ।
‘फिफाले एन्फाको सन् २०१२ को अडिट केपिएमजीमा गराएको थियो, त्यसैले एन्फाको
अनियमितताबारे हामी जानकार छौँ,’ फिफा अधिकारीलाई उद्धृत गर्दै रोयटर्सले
लेखेको छ, ‘केपिएमजीले यो रिपोर्ट हामीलाई पनि पठाएको थियो, सोही आधारमा
एन्फालाई अनुसन्धानको घेरामा राखिएको हो ।’ आजको नयाँ पत्रिकामा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।