Skip to content

सि.पि.टिको परिक्षा सम्पन्न

आइ.सि.ए.आइ  अन्तर्गत सिएको पहिलो तह सि.पि.टिको परिक्षा आज सकिएको छ । भारतीय दुताबाश र डि.ए.भि कलेज गरी कुल २ ठाउँमा सन्चालन गरिएको उक्त परिक्षामा डिएभी कलेज कुल ९६८ जना र भारतीय दुताबाश मा ३८८ जना बिधार्थिले परिक्षा दिएको आइ.सि.ए.आइ का प्रतिनिधिले बताएका छन । बेलुकी ४:१५ मा सकिएको उक्त परिक्षामा काठमाडौं, पोखारा चितवन लागायत मुलुकका बिभिन्न ठाउँबाट परिक्षार्थीहरु उपस्थित भएका थिए । परिक्षामा १९ जना भने अनुपास्थित रहेको खबर प्राप्त भएको छ । परिक्षा निकै मर्यादित रुपमा सम्पन्न भएको आइ सि.ए.आइका प्रतिनिधिले बताएका छन । यध्यपी डि.ए.भि बाट परिक्षा दिइरहेका एक बिधार्थीलाई भने अमर्यादित कार्य गरेको भन्दै परिक्षा हलबाट निस्काशित गरिएको खबर आएको छ । पटक पटकको चेतावनीलाई अटेर गरेकाले उक्त बिधार्थीलाई परिक्षा हलबाट निकालिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।