ICAI अन्तर्गत सिए अध्ययन गरिरहेका नेपाली बिद्यार्थीले भने आइक्यान को निर्णयले आफुहरुलाई निकै गार्हो बनाएको भनाइ राखेका छन । उनिहरुले पछील्लो समय भारतीय बोर्डका बिधार्थी हरुलाई नेपालमा राम्रो मौका नहुनु, आइक्यान ले नेपाली बिद्यार्थी लाई बढी प्रातमिकतामा राख्नु र नेपालमा रहेका फर्म, बित्तिय संस्था र अन्य संस्थाहरुले पनि नेपाली सिए नै खोज्ने प्रब्रिती बढ्दै जादा भारत बाट सिए अध्ययन सकी नेपाल मा काम गर्न खोज्ने बिद्यार्थीलाई निकै गार्हो भएको बिचार ब्यक्त गरेका छन । ” न नेपालमा हामीलाई राम्रो मौका छ, न भारतीय बोर्ड लाई राम्रो मानिन्छ, धेरैले डमी बोर्ड भनेर चिन्न थालइसके, अब त सदस्यता लिन पनि नेपालका बिधार्थी सँग परिक्षा दिने पर्ने भो” भारत मा रही सिए फाईनल गरिरहेका एक बिधार्थी भन्छन ।
केही समय अघी बिभिन मागहरु आइक्यान सँग राखेको नेपाली बिधार्थीका माग हरु एक एक गर्दै पुरा भईरहेको बिस्लेसण हुन थालएको छ । भारतीय बोर्ड बाट आउने बिधार्थिलाई नेपालको सदस्यता लिन सजिलो बनाएका कारण ले नेपाली बिधार्थी लाई केही गार्हो भएको महसुस गर्दै यस बारेमा सोच्न आग्रह गर्दै नेपाली बिधार्थी ले बिभिन्न माग शहीत आइक्यान लाई पत्र बुझाएका थिए । यस अगी पनि वेब साईट मा बिद्यार्थी को MARK SHEET राख्नु पर्ने नेपाली बिधार्थीको माग आइक्यानले पुरा गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्