साटो उनीहरु साझा स्वरमा भनिरहेका थिए,’सीए पढ्नका लागि यता नआउनु भनेर खबर
लगिदिनुस् है!!! …लक्ष्मीनगरस्थित
सीए अध्यन केन्द्रमा मात्रै १२ हजारभन्दा बढी नेपाली बिद्यार्थी अहिले
अध्ययनरत छन् । भारतीय चार्टड एकाउन्टेन्ट कोर्सको संसारभर मान्यता छ भनेर
यहाासम्म आउादै खर्च र मिहिनेत गर्न पछि नपर्ने बिद्यार्थी समेत यतिखेर
निराश छन् । ‘५ बर्षको पढाइ अवधीमा झण्डै १० लाख भारु खर्च भएको छ,’बााके
घर भएका सुवास पौडेलले भने,’तर अहिले न यता जागिर पाइन्छ, न नेपाल गएरै
केही हुन सक्ने अवस्था छ ।

उत्तीर्ण भएर नेपाल गएपनि नेपाल बोर्ड -आइक्यान) बाट कर र कानूनसम्बन्धी ३
वटा पेपर परीक्षा दिएपछि मात्रै यताको पढाइले मान्यता पाउन सक्छ । ‘तर
हामीजस्ता डिग्री हातमा लिएर पनि काम नपाइरहेका सीए जनशक्तिको संख्या
नेपालमा ६ सयभन्दा बढी छ,’ धनगढीका अर्का सफल सीए सरोज पन्तले भने । यति
धेरै खर्च गरेर भारत आएर पढ्नुभन्दा नेपालमैं पढाइ गर्ने सोचाइ पनि यी
बिद्यार्थीहरुमा नपलाएको होइन । ‘तर के गर्नु, नेपालको सीए पढाइलाई
अष्ट्रेलिया, सिंगापुरसहितका केही मुलुक बाहेक अन्यत्र मान्यता छैन,’ उनले
भने । काठमाडौं
धोबीघाटबासी पल्लवी यादव पनि सीए पढाइमा लक्ष्मीनगर आएको दुइ बर्ष भैसकेको
छ । यस बीचमा यो बिषयमा बढेको प्रतिष्पर्धा र बढ्दो बिद्यार्थीको संख्या
हेरेर उनी पनि अत्तालिने गर्छिन् । ‘नेपालको पढाइलाई बाहिर मान्यता छैन,’
उनी भन्छिन्, ‘एकातर्फ मान्यता भएको पढाइ गर्न र अर्कातिर अलिक दक्षतायुक्त
ज्ञान लिन म आएकी हुा ।’ उनले भने पढाइ सकेपछि नेपालमैं गएर कामको खोजी
गर्ने योजना बनाएकी छिन् । दिल्लीमा
चार्टड एकाउन्टेन्ट बिषय अध्यनरत नेपाली बिद्यार्थीको समूह हातेमालोको
चौथो बाषिर्क साधारण सभामा बधाई थाप्न आएका अर्का सीए उत्तीर्ण इटहरीबासी
पदम थापा भविष्यको योजना बताउन सकिरहेका थिएनन् । ‘यति खर्च र मिहिनेत गरेर
पढियो, तर अहिले आएर अब के गर्ने होला भन्ने भैरहेको छ,’उनले सुनाए ।
भारतीय कम्पनीहरुमा काम पाइगएपनि मासिक २०/२५ हजार भारुभन्दा बढीको काम
फेला नपर्ने र लामो समय प्रशिक्षण कालमा बिताउनुपर्ने कठीनाइ पनि यी
बिद्यार्थी सामु छ । त्यसमाथि नेपालमा झण्डै ८ हजार ‘रजिष्टर्ड अडिटर’ले
लेखा परीक्षणको बजार ओगटिरहेका बेला यो प्राक्टिसलाई तुरुन्त हटाएमा मात्रै
शैक्षिक रुपमा सक्षम जनशक्तिले काम पाउन सक्ने सीए उत्तीर्णहरुको भनाई छ
।
Source:Ekantipur
प्रतिक्रिया दिनुहोस्