‘स्थापनाको छोटो समय अवधिमा नै दिल्लीजस्तो अन्तराष्ट्रिय स्तरको प्रतिस्प्रधात्मक बजारमा सर्वोत्तम नतिजा ल्याउन सफल भएकोमा हामी खुशी छौ ।’ सिए सरोकारसँग कुराकानी गर्दै प्राइम सिए दिल्लीका प्रबन्ध निर्देशक गोविन्द पोखरेलले भने । प्राइम सिएका अध्यक्ष नवराज बुर्लाकोटी भन्छन्,‘ हाम्रो प्राइम सिएको यात्रा ३२ जनाबाट काठमान्डौबाट सुरु भएको थियो । करिब १० बर्षभन्दा लामो इतिहास बोकेर दिल्ली आयौं, दिल्ली पाइला टेक्दै आज दोश्रो वर्ष पुरा गरी तेस्रो वर्षमा लाग्यौं । तर आजको दिन जति खुसि र नतिजा देख्दा म त्यो दिन सम्झन्छु जुन दिन हामी केहि सपना बोकी दिल्ली आएको थियौं । वृक्ष जति सुकै ठुलो होस् तर त्यसको सुरुवात २ वटा पातबाट नै हुन्छ। सफलता भन्ने कुरा हुन र गर्न सकिने रहेछ। तर हामी कहाँ बाट हुर्कियौं त्योचाहिं बिर्सिनु हुन्न। ‘
उता जनकपुरका सुरज झुनझुनवाला आइसीएआइ पटपर भएको दावी गरिएको छ । उनको कुल १९५ अंक छ । यसपाली आइसीएआइले र्यांक होल्डर घोषणा नगरेपछि आफ्ना विद्यार्थी टपर भएको दावी गर्ने क्रम अगाडी आएको हो । प्राइमरी र सेकेन्डरी तहको पढाई जनकपुरबाटै सिपिटी अध्ययन गर्न भारत गएका सुरजले सिपिटी को पढाइ कठिन नभएको दावी गरे । सिए अध्ययन सकेर नेपाल फर्की काम गर्ने इक्षा जनाएका सुरज भारतमै रहेर आइपीसीसीको अध्ययन गर्ने बताउँछन्।

प्रतिक्रिया दिनुहोस्