Skip to content

आइक्यानबाट आएको सबै भत्ता विद्यार्थी छात्रवृति कोष र एक्यान भवन बनाउन दान गर्ने सिए भरत रिजालको घोषणा

आइक्यानका पार्षद एवम् एक्यानका अध्यक्ष सिए भरत रिजालले आइक्यानबाट पार्षदको रुपमा पाउने सबैखाले भत्ता विद्यार्थीको छात्रवृति कोषमा दान गर्ने घोषणा  गरेका छन्।  आज  सामाजिक संजालमा उनले यस्तो घोषणा गरेका हुन्।  आइक्यानबाट विभिन्न बैठक बसे वापत पार्षदहरुले भत्ता पाउने गरेका छन्। आफ्ना बाबुको ७औं बार्षिक पुण्य तिथिको अवसरमा आफ्ना बाबुलाइ सम्झंदै उनले  यस्तो घोषणा गरेका हुन्।
 ‘जव मेरो बुबा हुनुहुन्थ्यो म केहि उहाँको लागि केहि गर्न सक्षम थिइन।  आज म सक्षम छु तर मेरो बुवा हुनुहुन्न’ फेसबुकमा निकै नै मार्मिक स्ट्याटस पोष्ट गर्दै उनले आफुलाई दिइएको शिक्षाका लागि आफ्ना पिताप्रति आभार प्रकट गरेका छन्।   
आफ्ना पिताको आत्माको चिर शान्तिको कामना गर्दै उनले आइक्यानबाट पार्षदको रुपमा पाउने भत्ताको सम्पूर्ण रकम विद्यार्थी छात्रवृति कोष र एक्यानको भवन बनाउन दान दिने बताएका छन्।  यस अघि पनि उनले आइक्यान  र एक्यानको भवन बनाउन मोटो रकम दान गरिसकेका छन्। 
उनले गरेको घोषणाबारे सिए सरोकारले  राखेको जिज्ञासाको उत्तर दिंदै उनले आफ्नो सानो प्रयासबाट गरिव तथा जेहेन्दार विद्यार्थीहरुले पढ्न पाउने हुनाले यस्तो निर्णय गरेको बताएका छन्।  साथै उनले अन्य काउन्सिल सदश्यहरुलाई पनि यो अभियानमा साथ दिन आग्रह गरेका छन्। 
 आफ्ना पिता अशिक्षित भए पनि आफ्नो सिक्षाका लागि बाबुले गरेको योगदान निकै नै अतुलनिय भएको बताउंदै उनले आफ्ना बाबुको सम्झनामा आफुले यसखाले निर्णय गरेको बताएका छन्। 
 रिजालका पिताको आज भन्दा सात बर्ष अगाडि निधन भएको थियो।

प्रतिक्रिया दिनुहोस्